मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरको विदाई

 न्यूज विराट
मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरको विदाई

विराटनगर, १२ पुस-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको आइतबार विदाई गरिएको छ । बर्तमान राष्ट्रिय राजनीति घटनाक्रममा कारण मन्त्रीको जिम्मेवारीमा रहेर कार्यगर्ने सक्ने अवस्था नभएको भन्दै उनीहरुले आइतबार विहान राजिनामा दिएका थिए ।

मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा मन्त्री घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानको भावना विपरित रहेको बताए । उनले अकल्पनिय र कलंकित घटनाको समर्थन र स्वीकार गर्न आत्माले नदिएको बताए । २ बर्ष १० महिनामा सामाजिक विकास मन्त्रालयले उल्लेखनिय काम गरेको उनको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालयको बोर्ड हटाएर मन्त्रालय शुरु गरिएको स्मरण गर्दै उनले भने,‘ अहिले मन्त्रालय जस्तो भएको छ ।’

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघठन गर्ने कार्यलाई ठिक मान्न नसकेर राजीनामा दिएको बताइन् । उनले भन्न् ि,‘प्रतिनिधिसभा विघठन गर्ने कार्य ठिक भनेर सरकारमा बस्न उपयुक्त ठानिन ।’ प्रधानमन्त्री ओलीले मतदानको अवमूल्यन गरेको गजमेरले बताइन् ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले मन्त्री घिमिरेकोे कार्यको उच्च प्रशंसा गरे । कोरोना संक्रमणको उपचार तथा नियन्त्रण कार्यमा मन्त्री घिमिरेले अतुलनिय कार्य गरेको सचिव कार्कीले बताए । मन्त्री घिमिरेलाई मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा मन्त्रालयका कर्मचारीहरुले विदाई गरेका थिए ।

सम्बन्धित समाचार

माेेरङकाे ४(२) मा कटहरिकाे एउटा वाड गणना सकिदा भिम पराजुलीलाई झिनाे मतकाे अग्रता

विराटनगर । माेरङकाे क्षेत्र नम्बर ४(२) प्रदेशतर्फ कांग्रेसका केन्द्रीय सदस्य भिम पराजुलीले झिनाे मतले सुरुवाति अग्रता लिएका छन । पराजुलीले एमालेका नेता जीवन घिमिरेलाइ २५ मतले पछि पार्दै अग्रता लिएका हुन् ।२ हजार ७ सय...

जनता समाजवादी एकताको श्रेय लिनेको होडबाजी 

जनकपुर, २८ असार-निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएपछि औपचारिक रुपले दुई दल एक बनेका छन् । दुबै दल एक...

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

इनरुवा, २५ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार...

झापामा तीन जना मृत फेला प्रकरण: विदेश पठाउने भन्दै उठाएको पैसा फिर्ता गर्न नसक्दा सामूहिक आत्महत्या

विराटनगर, ७ भदौ । झापामा एकै परिवारका तीन जना मृत फेला परेकाको मुचुल्का प्रहरीले अझै उठाउन सकेको छैन । सोमबार बिहान कनकाई नगरपालिका–१ सिर्जना टोलमा आठ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला...

जर्ज फ्लोइडको मृत्यु ‘मानव हत्या’ : पोष्टमार्टम रिपोर्ट

एजेन्सी, जेठ २०-अमेरिकामा गत सोमबार मृत्यु भएका जर्ज फ्लोइडको मृत्यु मानव हत्या भएको पोष्टमार्टम रिपोर्ट आएको छ । आधिकारिक पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘होमोसाइड’ अर्थात मानव हत्या भएको उल्लेख गरिएको छ । अमेरिकाको मिनेशोटा...

नेकपा प्रचण्ड-माधव समूहको बैठक सुरु

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नुअघि चार सदस्यीय सचिवालय र स्थायी कमिटी बसेको थियो । बैठकमा सचिवालय र स्थायी कमिटीले स्थायी कमिटी सदस्य...

नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयो : मन्त्री यादव

विराटनगर, १० पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो ।...

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

महोत्तरी, कार्तिक २२ । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्