जर्ज फ्लोइडको मृत्यु ‘मानव हत्या’ : पोष्टमार्टम रिपोर्ट

 न्यूज विराट
जर्ज फ्लोइडको मृत्यु ‘मानव हत्या’ : पोष्टमार्टम रिपोर्ट

एजेन्सी, जेठ २०-अमेरिकामा गत सोमबार मृत्यु भएका जर्ज फ्लोइडको मृत्यु मानव हत्या भएको पोष्टमार्टम रिपोर्ट आएको छ । आधिकारिक पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘होमोसाइड’ अर्थात मानव हत्या भएको उल्लेख गरिएको छ ।

अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलिस प्रहरी हिरासतमा फ्लोइडको गत २५ मेमा मृत्यु भएको थियो । त्यसअघि उनलाई नियन्त्रणमा लिने क्रममा एक प्रहरी अधिकारीले उनको घाँटी करिब ८ मिनेटसम्म थिचेका थिए । फ्लोइडको मृत्युलाई लिएर अमेरिकाभर अफ्रिकन मुलका अमेरिकीहरुले प्रदर्शन गरिरहेका बेला पछिल्लो रिपोर्ट बाहिर आएको हो ।

प्रहरीले घाँटी थिचेर पक्राउ गर्ने क्रममा फ्लोइडलाई कार्डिक अरेस्ट भएको देखिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । रिपोर्टमा फ्लोइडको मृत्युको कारणका रुपमा ‘पक्राउ गर्ने क्रमको क्रुरता तथा घाँटी थिचिँदा भएको कार्डियोपल्मोनरी अरेस्ट’ भनी उल्लेख छ ।

फ्लोइडमा मुटु सम्बन्धी समस्या रहेको र उनले औषधि सेवन गरिरहेको प्रमाण समेत फेला परेको छ । फ्लोइडको परिवारले गरेको पोष्टमार्टममा पनि उनको मृत्युलाई मानवहत्या नै भनिएको थियो । सोही अनुसार पक्राउ परेका प्रहरी अधिकारीमाथि पहिलो स्तरको हत्या अभियोगमा मुद्दा चलाउनुपर्ने उनको परिवारका वकिलले बताएका छन् ।

सम्बन्धित समाचार

३ हजारको थर्मल गन १५ हजारमा बेच्ने सुलभ थप ५ दिन थुनामै रहने

काठमाडौं, २ बैशाख-शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल थप ५ दिन थुनामा रहने भएका छन् । २५ चैत २०७६ मा तापक्रम नाप्‍ने 'थर्मल गन'मा कालोबजारी गरेको आरोपमा पक्राउ परेका उनी अहिले दरबारमार्ग प्रहरी कार्यालयको थुनामा रहेका...

मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

विराटनगर, १५ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर...

डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...

सुदूरपश्चिममा सबैभन्दा बढी युवामा कोरोना संक्रमण

कैलाली, ९ असार-सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको ९ वटै जिल्लामा गरी सोमबारसम्म १ हजार २ सय...

लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

काठमाडौं, २२ वैशाख-झण्डै डेढ महिना लामो बन्दाबन्दीको कारण जनवीवन प्रभावित भएपछि बन्दाबन्दीको मोडालिटी परिवर्तनका विषयमा सरकारले छलफल सुरु गरेको छ । सोमबार कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिले विज्ञहरूसँग राय मागेको छ । उपप्रधानमन्त्री तथा...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक...

२५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज

काठमाडौं, १५ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर ९ हजार २ सय ७९...

क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुको गुनासो

विराटनगर, जेठ ३१–प्रदेश १ मा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुले बताएका छन् । शनिबार प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले क्वारेन्टाईन व्यवस्थित नभएकाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्