नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयो : मन्त्री यादव

 न्यूज विराट
नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयो : मन्त्री यादव

विराटनगर, १० पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो ।

सुनसरीको इनरुवामा आज राधा सुवेदीको मुक्तक ‘युग फेरिन देउ’को विमोचन कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृति हराउँदै गएको बताउनुभयो ।

विकास र समृद्धिका लागि साहित्यको विकास पनि आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । आधुनिकताका नाममा विद्यार्थीहरुले मौलिक संस्कार विर्सदै गएको मन्त्री यादवको भनाई छ । मन्त्री यादवले सामाजिक सञ्जालका कारण पठन संस्कृति हराउँदै गएको भन्दै उहाँले सुधार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, भरत गुरागाई, जिवनाथ पोखरेल लगायतले बोल्नु भएको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

विराटनगरको विरोधसभामा प्रचण्डले भने ‘प्रधानमन्त्री ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट हुन्’

विराटनगर, १६ माघ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट बनेको आरोप लगाएका छन् । प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई...

देशभरको जनजीवन शान्त र ठप्प

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ...

मोरङ प्रहरीलाई सफलता, एकै दिन ५९ फरार पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एकै दिन ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलबार अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।...

९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म ९ जना सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिन थालेपछि ४ वटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अपनाएर काम...

स्ववियु निर्वाचन स्थगित गरेकोमा नेविसंघको विरोध

काठमाडौं, फागुन ७–त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरेकोमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिम्सिनाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिविना नै विशेष कारण...

प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

मोरङमा निषेधाज्ञामा थप कडाई, मजदुर तथा कर्मचारीलाई उद्योगमै राख्नुपर्ने (सुचनासहित)

विराटनगर, १ जेठ । नयाँ भेरियन्टको कोरोना महामारीको बेलामा उद्योग धन्दा संचालन गर्नुपर्ने भए उद्योगी व्यवसायीहरुले मजदुर तथा कर्मचारीहरुलाई उद्योगमै राख्नुपर्ने भएको छ । तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्यस्थल परिसरभित्रै बस्ने प्रबन्ध मिलाउनु पर्ने...

न्यूरो अस्पतालका चिकित्सकमा पनि कोरोना

विराटनगर, साउन १७–विराटनगरस्थित न्यूरो अस्पतालका एक चिकित्यकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि विराटन नर्सिङ होम, म्याक्स र कोशी अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण देखिएकोमा न्युरो अस्पतालका चिकित्सकमा पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्