प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता

 न्यूज विराट
प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता

विराटनगर, १२ पुस-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण सो संख्यामा हस्ताक्षर संकलन भएको अविश्वास प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव नेपाल समुहले जनाएको छ ।

यो संख्या थपिने सो पक्षले जनाएको छ । आइतबार विहान संसद सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वको टोली संसद सचिवालय पुगेको हो ।

अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको आचार्य स्वयंले शिलापत्रलाई बताए । ‘अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । ४० जना जति सांसदको हस्तारक्ष भएको छ ।’ उनले शिलापत्रसँग भने ।

उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् । ९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा २० र प्रचण्ड–माधव समूहमा ४७ जना खुलेका थिए प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।

सम्बन्धित समाचार

जहदाको जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विगत ८ वर्षदेखि निरन्तर सहयोग गर्दै...

अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई सामूहिक समृद्धिका लागि निष्पक्ष बनाउनुपर्छः प्रधानमन्त्री ओली 

काठमाडौं, १६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी...

६ कम्युनिष्ट पार्टीले गरे भोली नेपाल बन्दको घोषणा

विराटनगर, ३ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा विभिन्न छ वटा कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रीक मोर्चा नेपाल, बैज्ञानिक समाजवार्दी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा...

जन्ती बोकेको भारतीय जिप रौतहटमा दुर्घटना : पाँच जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील...

अरनीको कलेजद्धारा ५५ जना विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरस्थित अरनीको कलेजले ५५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रावृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान...

जनताको सेवामा ध्यान दिन मन्त्री घिमिरेको आग्रह

विराटनगर, ७ असोज-। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गरेका छन् । उनले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन...

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, १२ असार-उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको...

सुरकेशमा भेटियो स्रोत नखुलेको १२ लाख, विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्