प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल

 न्यूज विराट
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल

काठमाडौं, ८ मंसिर-नेकपा केपी शर्मा ओली समूहका महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए ।

उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क दिए । उनले पार्टी एकता नहुँदैदेखि दाहालले सहमति भङ्ग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताए ।

‘प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो,’ लुम्बिनी प्रदेश, रूपन्देहीका पूर्वसांसद पौडेलले भने, ‘तर उहाँहरू महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार हुनु भएन ।’

उनले सचिवालयका ७७ बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैँजसो समस्या देखिने गरेको बताए ।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए । उनले अघिल्लो पटकको प्रधानमन्त्रीकालमा ओलीले भारतसँग विद्युत् किनेका कारण मुलुक विद्युत्भार कटौतीमुक्त भएको जिकिर गरे । रासस 

सम्बन्धित समाचार

विराटनगर महानगरका मेयर कोइराला र विश्व बैंकको टोलीबीच भेट

विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स...

बैंकहरूमा राष्ट्र बैंकको हस्तक्षेप, अन्तरबैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने

काठमाडौं, २ साउन-लकडाउनपछि अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले निरन्तरता दिएको छ । यसअघि बैंकर्स संघ र विकास बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू बसेर यस्तो शुल्क लगाउने/नलगाउने जिम्मा बैंककै भएको निर्णय गरेको...

इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता, उपमेयरमा एमालेले उछिन्यो

विराटनगर, १ जेठ । सुनसरीको इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन् । ४९७८ मगगणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पैडेल २३४१ म्तसहित अगाडी छन् । उनलाई एमालेका उम्मेदवार यामकुमार सुब्बाले १८...

विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...

एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले दिए राजिनामा

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट...

सनसिटीका २ संक्रमितसँग नेपाल आएका थिए १ सय ५३ यात्रु

काठमाडौं, २ वैशाख-काठमाडौं पेप्सीकोला टाउन प्लालिङस्थित सनसिटीमा कोरोना भाइरस संक्रमण देखिका २ जनासँगै कतार एयरवेजको विमानबाट १ सय ५३ जना आएको खुलेको छ । उनीहरू बेलायतबाट दोहा ट्रान्जिट भएर काठमाडौं आएका प्रहरी प्रवक्ता एसएसपी उमेस...

गौतम बुद्ध स्कुलमा ‘फन फेस्टा’ र सांस्कृतिक कार्यक्रम

विराटनगर। विराटनगरस्थित गौतम बुद्ध स्कुलले ‘फन फेस्टा’ र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी फन फेस्टा, सांस्कृतिक कार्यक्रम र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको हो ।स्कुलमा...

रोटरीद्धारा विद्यार्थीलाई छाता बितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो । विद्यार्थीहरूलाई रोटरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्