रोटरीद्धारा विद्यार्थीलाई छाता बितरण

 न्यूज विराट
रोटरीद्धारा विद्यार्थीलाई छाता बितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो ।

विद्यार्थीहरूलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठी, पूर्वअध्यक्ष तथा पदाधिकारी, एनआइसी बैंक प्रदेश १ का प्रमुख विकास खरेललगायतले विद्यार्थीहरूलाई छाता वितरण गरेका थिए । आर्थिक अवस्था नाजुक भएका विद्यार्थीहरू श्री ज्योती विद्यालयमा अध्ययरत छन् । उनीहरूलाई घाम र पानीबाट जोगिन छाता बितरण गरेको क्बलका अध्यक्ष राठीले बताइन् ।

अध्यक्ष राठीले विराटनगर ४ खारजीको आर्थिक विपन्न मुसर सामुदायमा ‘ह्याप्पी भिलेज’ कार्यक्रम सुरू गरेकी छिन् । खारजी बस्तीमा क्बलले एक वर्षभरी जागरण अभियानदेखि विभिन्न सामाजिक कामहरू गर्ने अध्यक्ष राठीले बताइन् । ‘मेरो कार्यकालमा खारजी गाउँलाई सुविधा सम्पन्न गाउँ बनाउने योजना रहेको छ । यसमा ४ हजार भन्दा बढी यहाँका स्थानिय जोडिनेछन्,’ उनले भनिन्, ‘चाँडै ७५ घरपरिवारमा शौचालय र पानी पिउन चापकल निमार्ण गर्नेछौं ।’ यहाँका गृहणी महिला र किशोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने निःशुल्क सिकाइ कटाइको तालिम पनि सुरू भइरहेको छ ।

उक्त तालिममा यहाँका २० जना महिलाहरूको सहभागिता रहेको छ । छाता वितरण कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू किरण कर्ण, अर्चना शर्मा, मधु कावरा, अर्चना तापरिया, सुनिता अग्रवाल, क्बलका सचिब नमिता टिवरीवाल, शिक्षा संयोजक मुक्ता तोदी तथा क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

इप्रका रानीद्धारा तीन क्विन्टल गाँजा नष्ट

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ ।इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा...

पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

पोखरा, १४ असोज-कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही १५ असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ ।  पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन...

सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको...

नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्नेलाई कारबाहीको माग

काठमाडौं, २ भदौ-नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्ने मंगोल होप अफिसियल नामक युट्युब च्यानल तथा च्यानल संचालन गर्ने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार कारबाही गर्न माग गरिएको छ । गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा...

एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ ।कलेजले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे । काठमाण्डौ विश्व...

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ असार-आज देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी...

कोरोना संक्रमणबाट चितवनमा थप एकको मृत्यु

चितवन,  २५ भदौ-चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ...

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, १२ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गए राति हत्या भएको छ । प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्