काठमाडौं, ४ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७१० जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७८० नमुना पीसीबर विधिबाट परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज १ हजार १७५ जना निको भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । देशभर कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । कुल संक्रमितमध्ये ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवघिमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।