मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा विप्लव समूहले साँझ प्रेस विज्ञप्ति जारी गर्दै लिएको छ । विप्लव समूहका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठले पार्टीविरुद्ध सुरकी गरेको र गर्दै आएका थिए । २६ फागुन २०७६ को मेची-कोसी ब्युरो बैठकमा प्रहरी बेलाएर दमन गराएका थिए । पटक पटक आफ्नो आफ्नो त्यस प्रकारको पार्टी विरोधी गतिविधि रोक्न आफूलाई सच्याउन भनी सम्झाउँन जाँदा पनि उग्रस गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हनु गएको जानकारी गराइन्छ ।’