शहीद स्मारक पुगे प्रधानमन्त्री

 न्यूज विराट
शहीद स्मारक पुगे प्रधानमन्त्री

काठमाडौं, माघ १६–प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने शहीदहरुको सम्झना गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी शहीदको आत्मबलिदान मार्फत सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त भएको स्मरण पनि गरे । शहीदहरुको सम्मानमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकाबाट लैनचौरस्थित शहीद स्मारकसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा सरकारी उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका ब्याण्ड टोली र मार्चपास सहितको टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

विराटनगरको कोभिड–१९ अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर, ४ भदौ-प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास...

एनसीडिए कोशीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन, व्यवसायीको हकहितमा लाग्ने अध्यक्ष काफ्लेको घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एनसीडिएको भवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो ।नेपाल औषधी व्यवसायी संघका केन्द्रीय...

संखुवासभाको खाँदबारी बजार १ हप्ताका लागि बन्द

विराटनगर, चैत १०–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै संखुवासभाको खाँदवारी बजार एक हप्ताकोलागी बन्द गरिएको छ । उद्योग बाणिज्य संघ संखुवासभाको आह्वानमा आजदेखि बजार बन्द गरिएको हो ।  कोरोना भाईरस सम्भावित सक्रमण रोक्न बजार बन्द गरिएको...

पाल्पाको खुर्सानेमा दुर्घटना, ६ जनाको मृत्यु

रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : नरपथगञ्ज र एपीएफ विजयी

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश...

दरबार हत्याकाण्डः १९ वर्षदेखि रहस्यकै गर्भमा

काठमाडाैं, १९ जेठ-तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । १९ वर्षअघि भएको यो रहस्यमय हत्याकाण्ड आजका दिनसम्म पनि कसले र किन गरायो भन्ने खुल्न सकेको...

देउवाबिरुद्ध मैदानमै उत्रियो शेरख पक्ष

काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...

कोरोनाबाट आमाको मृत्युपछि अस्पतालमा ९ दिने शिशु

काठमाडौं, ३ जेठ-सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाले २४ वैशाखमा प्रसब पीडालाई जितेर त्रिवि शिक्षण अस्पतालमा सामान्य रुपमा बच्चालाई जन्म दिइन् । २५ वैशाखमा डिस्चार्ज भएर घर गएकी उनी घर पुगेपछि बिरामी परिन् । स्थानीय अस्पतालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्