पद चाहिने भए महाधिवेशन कुर्नुपर्छ : गोकुल बाँस्कोटा

 न्यूज विराट
पद चाहिने भए महाधिवेशन कुर्नुपर्छ : गोकुल बाँस्कोटा

नेकपाका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन् । उनले शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१, सापिङस्थित रिट्ठेमा आज सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे भवनको उद्घाटनका क्रममा नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्न आग्रह गरेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने बताए । ‘पार्टीभित्र व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रनु हुन्न, यसले समस्या झन् बल्झाउँछ, तथ्यगत रूपमा बहस-विमर्श हुनु जरुरी छ,’ उनले भने ।

उनले नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबीसमेत गरे । ‘नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन,’ नेता बाँस्कोटाले भने । उनले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने बताए ।

‘जनताको चाहना नेकपा एक भएको हेर्ने नै छ, छ/छ महिनामा सरकार फेरिएको हेरिरहेका जनताले पाँचवर्षे एउटै सरकार भएको हेर्ने चाहना हो, त्यसमा पनि राजनीतिक स्थिरता मूल कुरा हो,’ उनले भने ।

सम्बन्धित समाचार

नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जनाउने, ७८२ जनाको सहभागीता

विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे...

प्रदेश २ मा थप २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी...

कोरोना संक्रमणबाट मोरङमा थप छ जनाको मृत्यु

विराटनगर, ३० वैशाख । कोरोना भाइरसको संक्रमणका कारण बिहीबार बिहान मोरङमा थप छ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा...

कोशी अस्पतालको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, विरामीलाई समस्या

विराटनगर । सुनसरीको दुहबी नगरपालिका– १२ पूर्वकुसहा घर भएकी ७६ वर्षीया भगवती देवी गेलाल घरको सिढीबाट लडेर देब्रे खुट्टा भाँचिएको एक साता हुन लागेको छ । गत शुक्रबार खुट्टा भाँचिएपछि गेलाललाई परिवारले तत्काल विराटनगरस्थित कोशी...

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले...

खुशियालीको लागि हरियाली

विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर...

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न लागि परेको छु : अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बजेट खर्च नहुने...

नेकपा सचिवालयको बैठक सोमबार बस्दै

काठमाडौं,  ३२ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ । बिहान ११ बजे बस्ने सचिवालय बैठक पार्टीभित्रको विवाद हल गर्ने उद्देेश्यसहित बोलाइएको हो । बैठक बिहान साढे ९ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्