सगरमाथाको उचाइ घोषणा गर्न मन्त्रिपरिषद‍्बाट स्वीकृति

 न्यूज विराट
सगरमाथाको उचाइ घोषणा गर्न मन्त्रिपरिषद‍्बाट स्वीकृति

काठमाडौंं, १० मंसिर-सरकारले सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृती दिएको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो ।

२०७२ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृती प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्ने जनाएको छ ।

सन् २०१९ मा चीनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्तरूपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरूपमा काम गरेका थिए ।

यसअघि विभिन्न देशहरूले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहिआएको छ ।

आर्थिक वर्ष २०७४/७५ बाट सुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाइ मापन गरेको छ । अब हामी आफैँले नापेको सगरमाथाको उचाइ औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ,’ उनले भनिन् ।

सम्बन्धित समाचार

भीमफेदी-कुलेखानी र कान्तिराजपथ अवरुद्ध

मकवानपुर, ४ असार-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका-६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौंडा-काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई...

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतले विजयी

नवलपुर, पुस२० । नवलपुरमा स्थायनीय तहको झल्को दिनेगरी भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको छ । सत्तारूढ दलहरू सबै एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि खानेपानीको चुनावमा एमाले उम्मेदवार...

नेकपाकाे स्थायी समिति बैठक स्थगित

काठमाडौं, ३१ वैशाख-आज बिहान ११ बजे बाेलाइएकाे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । कोरोना संक्रमण बढेको र कतिपय स्थायी कमिटी सदस्यको पीसीआर टेस्ट हुन बाँकी रहेकोले आज...

निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क लिन पाउने

काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् ।  ‘निजी विद्यालयले...

झापामा पीसीआर प्रयोगशाला

झापा, २१ साउन-मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । संघीय सांसद पवित्रा खरेल र प्रदेश-१ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा सो प्रयोगशालाको उद्घाटन गरे...

विराटनगरमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियुका कार्यकर्ताद्वारा मशाल जुलस प्रदर्शन

विराटनगर, ९ पुस-प्रधानमन्त्री केपी शर्माओलीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियुले विराटनगरमा मसाल जुलुससहित प्रदर्शन गरेको छ । बिहीबार साँझ माधव –प्रचण्ड समूह निकटका विद्यार्थीहरूले मसाल जुलुस सहित प्रदर्शन गरेका हुन् । विराटनगरको शनसरी...

प्रदेश २ मा नेपाली काँग्रेसद्वारा ४० लाख रुपैयाँ सहयोग

प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज ४० लाख ७५ हजार प्रदान गरेको छ । नेपाली काँग्रेसका प्रदेश नं २ स्थित ८ वटै...

एमालेमा आइसब्रेक हुनसक्ने, कार्यदल ब्युँताउने सहमतिपछि सदस्यहरूको बैठक बस्दै

एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको मागअनुसार अध्‍यक्ष केपी शर्मा ओली कार्यदल ब्युँताउन सहमत भएपछि त्यसको बैठक बसेको हो । आइतबार राति बालुवाटारमा अध्यक्ष ओलीसँगको वार्तामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्