राशिफल

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतले विजयी

 न्यूज विराट
सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतले विजयी

नवलपुर, पुस२० । नवलपुरमा स्थायनीय तहको झल्को दिनेगरी भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको छ । सत्तारूढ दलहरू सबै एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि खानेपानीको चुनावमा एमाले उम्मेदवार दुई तिहाइ मतसहित विजयी भएका छन ।

जिल्लाको देवचुली नगरपालिकामा रहेको प्रगितनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा सत्तारूढ गठबन्धनले शर्मनाक हार व्यहोरेको हो । संस्थाको अध्यक्षमा सत्तारूढ गठबन्धन अर्थात नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेका उम्मेदवार पराजित भएका छन ।

निर्वाचन समितिका अनुसार नेकपा एमालेको तर्फबाट प्रतिस्पर्धा गर्नुभएका खिमानन्द भुसाल अध्यक्षमा अत्याधिक मतसहित विजयी हुनुभएको छ । भुसालले २ हजार ४ मत प्राप्त गरी बिजयी प्रतिद्धन्द्धी कांग्रेसका नारायणप्रसाद पौडेलले १४४५ मत प्राप्त गरी पराजीत हुनुभएको हो । गठबन्धनका उम्मेदवार पौडेलले ५५९ मतान्तरले पराजति भएका हुन । ६ वडाको नौ वटा ब्लकमा भएको चुनावमा अधिकांश पदमा एमालेकै उम्मेदवार भारी मतसहित विजयी भएका छन ।

सम्बन्धित समाचार

मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...

हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार

विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा...

मोरङको कटहरीमा सोमबार रोजगार मेला, १२ सय बढीले रोजागरी पाउने

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ फलफूल तथा कृषि थोक बजारमा रोजगार मेला हुने भएको छ ।सोमबार विहान ९ बजेबाट साझ ४ बजेसम्म रोजगार मेला सुरु हुने भएको हो । कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासंघ...

सुनिल शर्माले प्रतिवद्धता पुरा गर्दै, नोबेलमा ५० शैय्याको निःशुल्क क्याविन संचालन

विराटनगर । मोरङ ३ मा मतदातामाझ गरेको वाचा पूरा गर्दै नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् ।निर्वाचनमा आफूले गरेको प्रतिवद्धताअनुसार उनले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् ।चुनावमा...