प्रदेश २ मा नेपाली काँग्रेसद्वारा ४० लाख रुपैयाँ सहयोग

 न्यूज विराट
प्रदेश २ मा नेपाली काँग्रेसद्वारा ४० लाख रुपैयाँ सहयोग

प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज ४० लाख ७५ हजार प्रदान गरेको छ ।

नेपाली काँग्रेसका प्रदेश नं २ स्थित ८ वटै जिल्ला कार्यसमितिकोतर्फबाट नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणका क्रममा नेपाली काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवसहितको उपस्थिति रहेको थियो ।

त्यस्तै सो उपचार कोषमा आज लक्ष्मी बैंकले १० लाख र सिभिल बैंकले ५ लाख रुपैयाँ प्रदान गरेको छ । ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कोषमा अहिलेसम्ममा १ करोड ६ लाख ७५ हजार रुपैयाँ जम्मा भइसकेको छ र सोबाहेक भाटभटेनी सुपर मार्केटले सो कोषमा २५ लाख रुपैयाँ दिने घोषणा गरेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए । रासस

सम्बन्धित समाचार

भारतीय विस्तारविरुद्ध सडकमा उत्रिएका पूर्वएआइजी र जर्नेल २ घण्टा थुनिए

 काठमाडौं, २७ वैशाख-पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फीरूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् । त्यसैको...

डेमोक्र्याटलाई महत्त्वपूर्ण अग्रता

एजेन्सी, २० कात्तिक-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको मतपरिणामअनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेनले महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेर...

बुटवलमा ९ जनाले जिते कोरोना

बुटवल, २५ जेठ-बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो...

वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

विराटनगर, २८ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको कोरोना संत्रज्ञmमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको विराटनगर–१२ का ७० वर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुषमा...

मालवाहक सवारीसाधनका चालक/सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग

विराटनगर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरूले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने...

सङ्कट समाधानमा सरकार प्रभावकारी देखिएन : महामन्त्री डा कोइराला

काठमाडौं, २३ असार-नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको बीपीको...

सामूहिक नवाज पढ्ने स्थानीय प्रहरीको नियन्त्रणमा

बुटवल, ७ वैशाख-कपिलवस्तुमा सामूहिक नवाज पढिरहेका १४ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ ।कपिलवस्तुको मायादेवी गाँउपालिका ७ धुपहिको मस्जिदमा सामूहिक नवाज पढ्ने १४ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेका उनीहरूलाई नियन्त्रणमा लिई...

किड्स भिलेजमा अक्षरारम्भ, ३२ जना नयाँ विद्यार्थी भर्ना

विराटनगर । विराटनगर ५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजामा अक्षरारम्भ कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/ ०८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्