कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ३८३ जना भेन्टिलेटर र आईसीयूमा

 न्यूज विराट
कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ३८३ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, ६ मंसिर-कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय नाघेको छ । कोरोना संक्रमणबाट १ हजार ३०५ को मृत्यु भएको छ । त्यसैगरी कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका ३८३ जनाको भेन्टिलेटर र आइसीयूमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४७ जना भेन्टिलेटरमा रहेका छन् भने ३३६ जनाको आइसीयूमा उपचार भइरहेको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाडौं उपत्यकामा मात्रै थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म १६ लाख ५२ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा कुल २ लाख १८ हजार ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै २ हजार ३२३ जना निको भएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

१५ बैशाखसम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २ बैशाख-सरकारले १५ बैशाखसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार (आज) प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाएर १५ बैशाखसम्म पुर्‍याएको हो । सरकारले पहिलो पटक चैत्र ११ गते देखि...

बोल्न सिक्दै बालवालिका

विराटनगर । झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अष्पस्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम...

सामाजि क्षेत्रमा सक्रिय युवा नेता गिरी, विराटनगरको मदरसामा सहयोग गर्ने प्रतिवद्धता

विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरी पछिल्लो समय सामाजि क्षेत्रमा सक्रिय भएर लागि परेका छन् । उनले आर्थिक विपन्न परिवारलाई जाडोको न्यायो कपडा बितरणदेखि उपचार नपाएर अस्पतालमा छटपटिरहेका विरामीको उपचार गरेर सामाजि कार्यमा...

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हँुदै

काठमाडौँ, ६ मङ्सिर-नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा...

थप २ सय १३ जनामा काेराेना, संक्रमितकाे संख्या ३ हजार ४ सय ४८

काठमाडाैं, २५ जेठ-आइतबार २ सय १३ जना कोरोना संक्रमति थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय ९ जना पुरूष र ४ जना महिला संक्रमित थपिएको बताएका हुन्...

स्वयम्सेवी स्वास्थ्यकर्मीको विवरण तयार

काठमाडौं, ३ बैशाख-सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्