
काठमाडाैं, २५ जेठ-आइतबार २ सय १३ जना कोरोना संक्रमति थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय ९ जना पुरूष र ४ जना महिला संक्रमित थपिएको बताएका हुन् ।
याेसँगै नेपालमा काेराेना संक्रमण पुष्टि भएकाकाे संख्या ३ हजार ४ सय ४८ पुगेकाे छ । यीमध्ये ४ सय ६७ जना निकाे भएर घर फर्किइसकेका छन् । यसरी निकाे हुनेमा ३ सय ९९ पुरूष छन् भने ६८ जना महिला छन् ।