राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण

 न्यूज विराट
राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक-बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् ।

संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले राजदूत पाउन आफूले पदको दुरुपयोग नगरेको स्पष्ट पारेका हुन् । सनुवाइका क्रममा सांसदले राजदूत पाउनका लागि मुख्य सचिवबाट राजीनामा दिएको भन्दै प्रश्न गरेका थिए ।

प्रस्तावित राजदूत रेग्मीले अहिलेको संविधान र कानुनबमोजिम सरकारले गरेको निर्णयलाई शिरोधार्य गरेको बताए । तर पद पाउनैका लागि मात्रै राजीनामा नगरेको पनि उनले स्पष्ट पारे । राजदूत पद परराष्ट्र मन्त्रालयको मात्रै विषय नभएकाले यसलाई मुलुकको प्रतिनिधित्वको रूपमा लिनुपर्ने बताए ।

यस्तै, सार्वजनिक पदमा रहेका बेला आफूले कुनै किसिमको आर्थिक अनियमितता नगरेको, आर्थिक आर्जन गरी कुनै पनि व्यक्तिको नाउँमा रकम नराखेको बताउँदै राज्यका जुनसुकै निकायबाट छानबिन भएमा आफू सघाउन तयार रहेको बताए ।

सनुवाइमा सांसदले मुख्य सचिवमा पदबाहली रहेको बेला राजीनामा दिएर राजदूतको सिफरिस लिन जाँदा कर्मचारीतन्त्रको रूपरेखा बिग्रिएको भन्दै आपत्ति जनाएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले मुख्यसचिव पद बीचैमा छाडेर हिँडदा कर्मचारीतन्त्रकै रूपरेखा बदलिएको बताए ।

सरकारी नोकरी सकिएपछि तत्काल अर्को नियुक्तीमा जानुपर्ने प्रवृति देखा परेको भन्दै त्यसलाई नियन्त्रण गर्न कुलिङ पिरियडको व्यवस्था गर्नुपर्ने स्थिति देखिएको उनले बताए । नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले पनि मुख्यसचिव हुँदाहुँदै राजीनामा दिएर अर्को नियुक्ती लिदा कर्मचारी तन्त्रमा नराम्रो असर परेको बताइन् ।

मुख्य सचिवबाट दिएको राजीनामाको सिफारिस भएको मन्त्रिपरिषद् बैठकबाटै राजदूत सिफरिस हुनुले पदको दुरुपयोग गरिएको हुनसक्ने सांसदले बताएका हुन् । तर, रेग्मीले अहिलेको संविधान र कानुनबमोजिम सरकारले गरेको निर्णयलाई नै आफूले शिरोधार्य गरेको जवाफ दिए ।

सम्बन्धित समाचार

सरकारलाई चुनौती दिँदै प्रवेश परिक्षा सञ्चालन

विराटनगर, जेठ १५–विराटनगर–३ मा रहेको पोखरीया माध्यामिक विद्यालयले लकडाउनको उल्लंघन गर्दै विद्यार्थी भर्ना परिक्षा लिएको छ । विद्याथीहरुको समूह भेला गरी पोखरीया स्कूलले प्रवेश परीक्षा लिएको हो । सरकारले जारी गरेको लकडाउनका बाबजुत पनि विराटनगरको...

विराटनगरमा ‘सुन्ने कि थुन्ने बहस’ : निजी क्षेत्र हतोत्साहित बनाउने कानुन संशोधनको माग

विराटनगर । पछिल्लो समय उद्योगी व्यवसायीका कुरै नसुनी कसुर पुष्टि नभई राज्यले उद्योगी व्यवसायीलाई पक्राउ गरेर हतोत्साहित गरेको भन्दै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका सरोकारवालाले चिन्ता जनाएका छन् । उद्योग संगठन मोरङले ‘सुन्ने कि थुन्ने’ आर्थिक बहसमा उनीहरुले...

सातौं दक्षिण एसियाली तेक्वान्दो खेल्न नेपाली टोली भारत प्रस्थान, महानगरले गर्यो विदाई

विराटनगर । सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान गरेका छन् । आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदराबादमा हुने च्याम्पियनसिपमा नेपालका ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । त्यसका...

मध्यप्रदेशमा राजनीतिक संकट

भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री...

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४...

चार जना पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । सहकारीको बाह्रौ स्थापना दिवसको अवसर पारेर बुधबार विराटनगरमा पत्रकारहरू प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोष सिग्देल र रञ्जिता पोखरेललाई पुरस्कृत गरिएको हो...

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं, २ कात्तिक-अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आर्थिक रूपमा विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क...

भारतीय कारबाट ७३ किलो गाजा बरामद, विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्याल रानी विराटनगरले भारतीय नम्बर प्लेटको कारबाट लागुऔषध गाँजा बरामद भएको छ । कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट बिहान २ः३० बजेतिर ७२ किलोग्राम गाँजा आइतबार बिहानका राति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्