सातौं दक्षिण एसियाली तेक्वान्दो खेल्न नेपाली टोली भारत प्रस्थान, महानगरले गर्यो विदाई
मङ्गलबार, १६ साउन, २०८०,
न्यूज विराट
विराटनगर । सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान गरेका छन् । आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदराबादमा हुने च्याम्पियनसिपमा नेपालका ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । त्यसका लागि ५१ जना खेलाडीसहित २० जना अम्पायर र अफिसियल गररी ७१ सदस्यीय नेपाली टोली मंगलबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।
प्रस्थान गरेका मध्ये १० जना खेलाडी र तीन जना अम्पायर कोशी प्रदेशका रहेका छन् । कोशी प्रदेशबाट खेल्ने जाने १० खेलाडी मध्ये ४ जना महिला र ६ जना पुरुष खेलाडीहरु रहेका छन् । उनीहरुलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले एक कार्यक्रमबीच बिदाइ गरेकी थिइन् ।
विदाई कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले मार्सल आर्ट गेम्सका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै मेडेलहरु हात पारी नेपालको नाम उच्च राख्न सफल भएको बताइन् । उनले यस प्रतियोगितामा पनि नेपालले मेडल प्राप्त गरी इतिहास रच्ने विश्वास दिलाउँदै खेलाडीहरुलाई जितको सफलताको शुभकामना दिइन् ।
यसरी कोशीबाट प्रस्थान गर्नेहरूमा संजीना मगर, विर बहादुर तामाङ्ग, आलोक राई, रोशन मगर, नितेश खवास, केरीसा आचार्य, सविना मगर, सोमबहादुर राजवंशी, श्याम प्रसाद सापकोटा र कुसुम राजवंशी रहेको नेपाल आईटिएफका अध्यक्ष प्रविण कुमार कार्कीले जानकारी दिए । अम्पायरहरुमा प्रविण कुमार कार्की, राजेन्द्र धिमाल र चन्द्रकुमार तामाङ्ग रहेका छन् । प्रयिोगितामा नेपाल, भारत , बङ्ग्लादेश, भुटान, श्रीलङका, माल्दिप्स आदी देशहरुका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...
विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...
विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...