तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी

 न्यूज विराट
तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी

काठमाडौं, २६ कात्तिक-सरकारले तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी गरेको छ । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले तिहार र छठपछि लकडाउन गरेर कोरोना नियन्त्रण गर्ने निष्कर्ष निकालेको हो ।

छलपलमा महानगर र नगरप्रमुखहरूले फेरि लकडाउन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआरको दायरा बढाउनु पर्ने, गम्भीर बिरामीका लागि तत्काल उपचार, आईसीयू, अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न सुझाव दिएका छन् ।

‘मेयरहरूको सुझावमा तीन जना मन्त्री नै गम्भीर हुनुभएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर तिहार र छठपछि कोरोना नियन्त्रणमा ब्रेक गर्ने निष्कर्ष निकालिएको छ,’ दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले भने, ‘तिहार र छठपछि कडा लकडाउनामा गएर त्यो अवधिमा कन्ट्याक्ट ट्रेसिङ गर्दै परीक्षणको दायरा बढाए नियन्त्रण गर्न सबै सहमत हुनुहुन्छ । यी विषय उहाँहरूले क्याबिनेटमा लैजाने भन्नुभएको छ ।’

सरकार भएको अनुभूति जनतालाई हुने गरी काम गर्न आफूले सुझाव दिएको उनले बताए । ‘कोभिड नियन्त्रको लागि तीन वटै सरकारको प्रयास फरक ढंगले हुनुपर्छ  । सरकार भएको अनुभूति दिने गरि अब काम गर्नुपर्छ,’ उनले भने ।

सम्बन्धित समाचार

प्रदेश १ सिसिएमसि बैठक सम्पन्न, प्रदेशका सबै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा आइसोलेसन राखिने

विराटनगर, साउन २५–प्रदेश स्तरीय कोरोना क्राइसिस मेनेजमेन्ट कमिटी (सिसिएमसी)को आज सम्पन्न बैठकले १४ वटै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै बैठकले आइसोलेसन...

हिंसात्मक प्रदर्शन रोक्न इन्डोनेसियामा सयौं सुरक्षाकर्मी परिचालन

इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सयौं सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्रा्ष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । पश्चिमी पापुरालाई दुइ भागमा विभाजन गरेको विरोधमा स्थानीयले...

हुण्डीको कारोबारी धर्मानन्द साह पक्राउ

विराटनगर । हुण्डीको कारोबारी गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारी विराटनगर महानगरपालिका १५ सुडी वस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साह विराटनगरका चर्चित...

माधव नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १० पुस-चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । कोटेश्वस्थित निवास पुगेर राजदूत यान्छीले भेट गरेको नेता विष्णु रिजालले बताए । भेटमा नेकपा विभाजनपछिको घटनाक्रमका...

राष्ट्रियसभाका चारै सभापति निर्विरोध

काठमाडौं, २३ साउन=राष्ट्रियसभाअन्तर्गतका समितिमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित हुन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय...

एकै दिन ३४३९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडौं, २१ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो ।  आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा...

आज विराटनगरमा घटे कोरोना संक्रमित

विराटनगर, १५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

सिद्धबाबालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

विराटनगर, पुस २५–बलात्कार अभियोग लागेका कृष्णदास गिरी (सिद्धबाबा) साधारण तारेखमा रिहा हुन पाऊँ भन्दै उच्च अदालत विराटनगर पुगेका छन् । बलात्कार अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत मोरङले गत १४ पुसमा ३ लाख रुपैयाँ धरौटीमा रिहा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्