
काठमाडौं, १० पुस-चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । कोटेश्वस्थित निवास पुगेर राजदूत यान्छीले भेट गरेको नेता विष्णु रिजालले बताए ।
भेटमा नेकपा विभाजनपछिको घटनाक्रमका विषयमा दुई जनाबीच छलफल भएको हो । राजूदत यान्छी र नेपालबीच दुई देशबीचको आपसी सहकार्यका विषयमा समेत छलफल भएको नेता रिजालले ट्वीटमार्फत जानकारी दिएका छन् ।
नेकपा विभाजनपछि राजदूत होउको दौडधुप जारी छ । नेकपा विभाजनपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरिसकेकी छन् ।