अपडेट : धुम्बाराहीमा सचिवालय बहुमत सदस्यको बैठक सुरु

 न्यूज विराट
अपडेट : धुम्बाराहीमा सचिवालय बहुमत सदस्यको बैठक सुरु

काठमाडौं, २५ कात्तिक-सत्तारुढ नेकपाभित्र विवाद चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा बहुमत सदस्य सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू भने साे बैठकमा गएका छैनन् । 

पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाएर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । अपरान्ह ४ बजेलाई बोलाइएको बैठकमा प्रचण्डसहित सचिवालयका सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

बैठकमा ओली, महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छैनन् । थापाले मंगलबार बिहान खुमलटार पुगेर पार्टीको पछिल्लो विवादबारे अध्यक्ष प्रचण्डसँग छलफल गरे पनि उनले बोलाएको बैठकमा सहभागी भएनन् ।

सम्बन्धित समाचार

म्याग्दी पहिरोमा पुरिएर २ जनाको मृत्यु

म्याग्दी, २८ जेठ-म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी...

स्वर सम्राट नारायण गोपालको स्मृति दिवस विराटनगरमा मनाइयो

विराटनगर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा मनाएको छ । स्वर संगम संगीतालय विराटनगरले सोमबार आरोहण गुरुकुलमा सांगीतिक कार्यक्रम आयोजना गरी मनाएको हो । संगीतालयले नारयण गोपालको स्मृतीमा...

मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह

पथरी– मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न २ संघले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको...

नेपालसँग तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं, २ असार-कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न...

अन्सारीद्धारा ५० परिवारलाई राहत वितरण

विराटनगर, बैशाख २६–विराटनगरको एक मुस्लिम परिवारले ५० परिवारलाई राहत वितरण गरेको छ । मुस्लिम समुदायको पवित्र रमजान पर्वका अवसरमा विराटनगर–१ का नौसाद अन्सारीको परिवारले स्थानीय ५० विपन्न परिवारलाई राहत वितरण गरेको हो । विश्वव्यापी महामारीका...

तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...

पढाईप्रति अभिरूची बढाउन शिक्षादीप कलेजद्धारा विद्यार्थीलाई ‘मोटिभेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूलाई मोटिभेसन तालिम दिएको छ । एसईई दिएर बसेका विद्यार्थीहरूको लागि कलेजले आइतबार मोटिभेसन कार्यक्रम आयोजना गरिएको हो । एइइको परीक्षा दिएर बसेका करिब पाँच सय बढी विद्यार्थीहरूलाई दुई समूह...

राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन : शशांक कोइराला

काठमाडौं, ३१ जेठ-नेपाली कांग्रेसका महामन्त्री तथा सांसद शशांक कोइरालाले राष्ट्रियताका सवालमा नेपाल सधैँ एक हुने बताएका छन् । उनले नेपालको संविधानको दोस्रो संशोधनमा दफावार छलफलको क्रममा यस्तो बताउँदै संशोधनको पक्षमा कांग्रेस उभिने बताएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्