राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन : शशांक कोइराला - News Birat

राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन : शशांक कोइराला

न्यूज विराट

काठमाडौं, ३१ जेठ-नेपाली कांग्रेसका महामन्त्री तथा सांसद शशांक कोइरालाले राष्ट्रियताका सवालमा नेपाल सधैँ एक हुने बताएका छन् । उनले नेपालको संविधानको दोस्रो संशोधनमा दफावार छलफलको क्रममा यस्तो बताउँदै संशोधनको पक्षमा कांग्रेस उभिने बताएका हुन् ।

उनले कांग्रेस संस्थापक नेता बीपी कोइरालाले राष्ट्रियताको प्रश‍्नलाई सर्वोपरी महत्व दिएको भन्दै कांग्रेले राष्ट्रियतालाई सधैँ प्राथमकितामा राख्ने बताए ।

नेपाल भारत सम्बन्ध समधुर हुँदा नेपाललाई जति फाइँदा पुग्छ भारतलाई पनि त्यति नै फाइदा पुग्ने बताउँदै दुवै देशले ख्याल गर्न पर्ने बताए । नयाँ नक्सा प्रकाशित गर्नु अहिले नेपालको राष्ट्रिय आवश्‍यकता भएको समेत बताए । चीन र भारत बीच नेपाल सधैँभरी समान सुमधुर सम्बन्ध राख्ने उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles