आईपीएलः कोलकातामाथि पन्जाबको शानदार जीत

 न्यूज विराट
आईपीएलः कोलकातामाथि पन्जाबको शानदार जीत

एजेन्सी, ११ कात्तिक-किङ्स इलाभेन पन्जाबले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जीत हात पारेको छ ।

शारजाहमा गएराति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका गेलले २९ बलमा ५१ रन बनाए । उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पूरा गरेका छन् । मन्दिप ६६ रनमा अविजित रहे भने कप्तान केएल राहुलले २८ रन बनाए । कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५७, कप्तान इयान मोर्गनले ४० रनको योगदान गरेका थिए । खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

यस्तै लक्की फर्गुसन २४ रनमा अविजित रहे । कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले ३ विकेट लिए भने रबि बिश्नोई र क्रिस जोर्डनले २–२ तथा ग्लेन म्याक्सवेल र मुरुगान आश्विनले १–१  विकेट हात पारे ।

यस जितसँगै पन्जाबले कोलकाताविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो ।जितसँगै पन्जाब तालिकाको चौंथो स्थानमा उक्लिदै प्ले अफ सम्भावना बलियो बनाएको छ । पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ । कोलकाता भने समान खेलमा समान अंक भएपनि रनरेटका आधारमा पाँचौं स्थानमा झरेको छ ।

सम्बन्धित समाचार

दशैंमा पनि आर्या न्यूरो हस्पिटलमा २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध, ओपीडि सेवा निःशुल्क

विराटनगर । विराटनगर – ३ कन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा वडा दशैंमा पनि २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ । चाडपर्वमा अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नहुँदा विरामीले हरौनी भोग्नु परेकोे अवस्थालाई मध्यनजर गर्दै आर्या...

समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो तयार भइसक्यो

काठमाडौं, माघ १५–प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अन्तरालमा देशले समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो समातेको बताएका छन् । उनले नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सरकार बनेको दुई वर्षमा मुलुकले अग्रगामी...

प्रदेश १ मा पौडेल–कोइराला समुहबाट गुरुराज घिमिरे सभापति पदका उम्मेदवार

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश...

सुन्दरहरैँचा नगरपालिकाद्वारा सिँचाइका लागि ५७ किसानलाई विद्युतीय मोटर वितरण

विराटनगर, १० चैत । मोरङको सुन्दरहरैंचा नगरपालिकाले कृषि क्षेत्रमा सिचाई समस्या हुने ५७ जना किसानलाई यस बर्ष बिद्युतीय मोटर बितरण गरेको छ । नगरपालिकाले धान गहुँ, मकै, तोरी, ड्रागन फुड, फलफुल खेती बोयर जातका बोका,...

सरकारको नारा : चिनौँ आफ्नो माटो, बनाउँ आफ्नो देश

काठमाडौं, २ जेठ-सरकारले चिनौँ आफ्नो माटो, आफ्नो माटो बनाए आफ्नै देश कार्यक्रम अघि बढाउने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । यो कार्यक्रमअन्तर्गत स्नाकोत्तर...

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं, २ कात्तिक-अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आर्थिक रूपमा विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क...

धँखल वंशावलीद्धारा ज्येष्ठ सदस्यलाई सम्मान

विराटनगर । धँखल वंशावली सेवा समितिले परिवारका दुई जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । धंखल वंशावली सेवा समितिको १६ औं वार्षिक भेलामा एक कार्यक्रम आयोजना गरी चन्द्रा श्रेष्ठ र हरीनरसिंह श्रेष्ठ धँखललाई सम्मान गरेको...

लेटाङका पाँच सहकारीबिच एकिकरण

विराटनगर, ६ माघ । मोरङको लेटाङ नगरपालिकामा रहेका ठूला ५ वटा सहकारी बीच एकीकरण भएको छ । मोरङ कार्यक्षेत्र रहेका फडानी साकोस, जनचाहाना साकोस, गोदावारी साकोस, खैरेनी साकोस र धोबि साकोस बीच २१ बँुदे सहमतिका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्