समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो तयार भइसक्यो

 न्यूज विराट
समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो तयार भइसक्यो

काठमाडौं, माघ १५–प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अन्तरालमा देशले समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो समातेको बताएका छन् । उनले नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सरकार बनेको दुई वर्षमा मुलुकले अग्रगामी परिवर्तनको बाटो समातेको दाबी गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका उनले अहिल्यै समृद्धि हासिल भएको नभई यसको बाटोमा मुलुक गएकोमा ढुक्क हुन पनि आग्रह गरे ।

‘समृद्धि हासिल भएको होइन, बाटोमा छौं, हामी सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र रोक्ने बाटोमा छौं । बाटो खनिसक्यौं । तर, सबै पूर्वाधार तयार भइसके भन्ने पनि होइन । हाम्रो प्रयास यसमा निरन्तर छ,’ प्रधानमन्त्री ओलीले भने । उनले मुलुक संक्रमणकालमा भएका बेला वैचारिक स्पष्टताविना गन्तव्यमा पुग्न नसकिने भन्दै यो बैठकमा वैचारिक स्पष्टतासहित प्रस्तुत हुन नेताहरूलाई आग्रह पनि गरे ।

वैचारिक कुरामा हाम्रो बहुतै स्पष्टता जरुरी छ । वैचारिक स्पष्टताका लागि अध्ययन गरौं र आँखा खोलेर चलौं,’ प्रधानमन्त्री ओलीले भने, ’विगतसँग टाँसिएर होइन, वर्तमान यथार्थसँग जोडिएर सोचौं ।’ आइडियोलोजिकल तर्कबाट हच्किने नभई तर्कद्वारा पराजित गर्न नेताहरूलाई आग्रह गर्दै उनले सफल हुने बाटोमा लाग्न नेताहरूलाई आग्रह गरे ।

सम्बन्धित समाचार

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ, स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोप

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ परेका छन् । ५ हजार पर्ने थर्मोमिटरलाई १५ हजारमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल...

विराटनगरस्थित भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टा सम्मानित

विराटनगर, २८ असार । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान...

अमेरिकामा वर्किङ भिसा रोक, ग्रीन कार्ड पनि रोक्न सक्ने

एजेन्सी, असार ९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कामदारलाई अमेरिकामा वर्किङ भिसा दिन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम राख्ने भएका छन् । व्हाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार दक्ष कामदारका लागि एच १बी भिसा, कम्पनीमा...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ९ मङ्सिर-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।...

आम्दानी घटेका सबै प्रकृतिका श्रमिकको कष्टकर जीवनप्रति दुःखी छुः प्रधानमन्त्री ओली

काठमाडौं, १९ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका कार्यरत श्रमिककाे कष्टकर जीवनप्रति आफू दुःखी भएको बताएका छन् । १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...

कांग्रेसकाे संसदीय दल बैठक बस्दै

काठमाडौं, १५ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो । समसामयिक...

सिंगापुर पुगे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे सिङ्गापुर पुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएका मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत् उनी...

२४ घण्टामा थपिए १८६ कोरोना संक्रमित, १७३ जना डिस्चार्ज

काठमाडौं, ५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्