विराटनगर । धँखल वंशावली सेवा समितिले परिवारका दुई जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । धंखल वंशावली सेवा समितिको १६ औं वार्षिक भेलामा एक कार्यक्रम आयोजना गरी चन्द्रा श्रेष्ठ र हरीनरसिंह श्रेष्ठ धँखललाई सम्मान गरेको हो ।
सम्मानित भएका ज्येष्ठ सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि धँखल वंशावली सेवा समितिका संस्थापक अध्यक्ष हरिराज श्रेष्ठ र निवर्तमान अध्यक्ष डम्बरबहादुर श्रेष्ठले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
धँखल वंशावलीमा नयाँ नेतृत्व
धँखल वंशावलीको १६ औं भेलाबाट नयाँ नेतृत्वन पनि चयन भएको छ । झापाको दमक नगरपालिका ४ चियादोकानमा भएको भेलाबाट धँखल वंशावली सेवा समितिको अध्यक्षमा उर्लाबारीका पदम श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा विराटनगरका कर्ण बहादुर श्रेष्ठ, सचिबमा प्रेम श्रेष्ठ, सह सचिवमा उर्लाबारीका भिम श्रेष्ठ र कोषाध्यषमा झापा गौरदहका शम्भु श्रेष्ठ रहेका छन् ।
समितिको सदस्यहरुमा अनिल श्रेष्ठ, नवीन श्रेष्ठ, तिर्थ श्रेष्ठ रहेका छन् । थप एक जना सदस्य पछि बैठकबाट मनोनित गर्ने भएको छ । धँखल वंशावली सेवा समितिमा झापा, मोरङ र ताप्लेजुङ्गका नेवार सामुदाय आवद्ध रहेका छन् ।
काठमाडौं, ९ भदौ-बारामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । महागढीमाई नगरपालिका-४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका ५ औरयाटोलका...
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर...
काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आज दोस्रो दिन अपेक्षाकृत सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न...
देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि आइतबारदेखि बद्ली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आइतबारदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो । भारतको आन्ध्र प्रदेश तथा...
विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...
एजेन्सी, जेठ १६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन–भारत तनावमा मध्यस्थता गर्न चाहेको बताएका छन् । उनले चीनसँग जारी तनावका विषयमा आफूले कुराकानी गरेको र सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका...
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल नतिजा निकाल्न सफल भई राष्ट्रिय पहिचान बनाएको विराटनगरस्थित मेरिल्याण्ड कलेजले अर्को सफलता हात पारेको छ । त्रि.बि. अन्तरगत महेन्द्र मोरङ क्याम्पस द्वारा बिबिएका लागि लिइएको प्रवेश परीक्षामा मेरिल्याण्डकी छात्रा द्वय...
विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । गुद्री बजारमा तरकारी पसल सञ्चालन...