भेन्टिलेटर र आइसियू सुविधासहितको कोभिड अस्पताल निर्माण गर्न कांग्रेसको माग

 न्यूज विराट
भेन्टिलेटर र आइसियू सुविधासहितको कोभिड अस्पताल निर्माण गर्न कांग्रेसको माग

विराटनगर, २७ असोज–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिन भित्र भेन्टिलेटर र पर्याप्त आईसियू सुविधासहित १ हजार शैयाको कोभिड अस्पताल तयार पार्न प्रदेश सरकारसँग माग गरेको छ ।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले कोरोना संक्रमण तीव्र गतिले फैलिरहेको र नागरिकहरुले न्यूनतम उपचार सेवासमेत नपाईरहेको बिषय औंल्याउँदै अस्पतालको प्रबन्ध गर्न प्रदेश सरकारसँग माग गरेको हो ।

नागरिकले उपचार नपाएर घर वा डेरामै छटपटाएर ज्यान गुमाईरहँदा पनि प्रदेश सरकारमा मानवीय संवेदना नदेखिएको कांग्रेसले आरोप लगाएकामे छ । कोरोना महामारीका बेला उदासिन बनेको प्रदेश सरकारले दलको सुझाव नसुनेपछि पत्रकार सम्मेलनको आयोजना गर्नुपरेको प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कोरोना महामारीका बेला सरकार र राज्यका निकायहरु निरीह बनिरहँदा जनताले अनाहकमा ज्यान गुमाइरहेको आरोप लगाए ।

सम्बन्धित समाचार

मोतिपुरमा झडप, प्रहरीले चलायो गोली

रूपन्देहीको मोतिपुर औद्योगित क्षेत्रमा बसेकाहरू र प्रहरीबीच झडप झडप भएको छ । झडपको क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएका छन् । सो स्थानमा बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा झडप भएको...

प्रहरीलाई १६ थान डिजिटल सेट फोन वितरण

विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो । विराट व्यापार...

वी.पीको मेलमिलाप नीति पार्टीभित्र प्रयोग गरौ : पराजुली

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय...

खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ । रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार...

विराटनगर आएर सभापति देउवाले भने–सरकारमा जान हतार छैन

विराटनगर, १० चैत । नेपाली कांग्रेसका सभापती शेरवहादुुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसँग कुुरागर्दै उनले काग्रेसलाई जनताले प्रतिपक्षको म्यान्डेड दिएकाले सरकारमा जान कांग्रेसलाई हतार नरहेको बताएका हुन्...

‘सत्ता देश र जनताको सेवाको साधन हो, यो कुरा आत्मसाथ नगर्ने राजनीतिक ठग हुन्’

काठमाडौं, ५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायाणकाजी श्रेष्ठले राज्यसत्तालाई सबै थोक ठान्नु अपराध हुने बताएका छन् । माओको विचारलाई उद्धृत गर्दै उनले सत्ता देश र जनताको सेवाको साधान रहेको...

विराटनगरका १९ सहकारीको कार्यालय झोलामा, १० सहकारी कारवाहीमा

विराटनगर । विराटनगर महानगरपालिका भित्रका १० सहकारी कारवाहीमा परेको छ । गैह्र कार्यक्षेत्रमा लगानी गर्ने र सहकारी ऐनअनुसार काम कारबाही नगरेको अनुगमनको क्रममा १० वटा सहकारी भेटिएपछि कारबाहीको दायरामा ल्याएको विराटनगर महानगरपालिकाको सहकारी शाखाकी अधिकृत...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्