विराटनगर, २२ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको हो ।
१२ असोजमा गते कोरोना संक्रमण पुष्टि भएपछि मृतक पुरुष भोलिपल्ट अस्पताल भर्ना भएका थिए । योसँगै धरानमा कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४३ .पुगेको छ ।