विराटनगर, २० असोज–प्रदेश नं. १ मा कोरोना संक्रमणबाट मंगलबार विहान ३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचार गराइरहेका मोरङको कानेपोखरी र रतुवामाईका संक्रमितको मृत्यु भएको हो ।
कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।
सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनको स्वाब संकलन गरेर नोबेलकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजेटिभ आएको थियो । ब्लड क्यान्सर पीडित रहेका उनमा कोरोना देखिएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । भेन्टिलेटरमा राखेर थप उपचार थालिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
त्यस्तै मोरङकै रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्युु भएको छ । असोज १३ गते नोबेलमा भर्ना भएका पुरुषको पीसीआर परीक्षण गराउँदा १४ गते पोजेटिभ रिपोर्ट आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।
मधुमेहको बिरामी रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको अस्पतालले जनाएको छ । उनको आईसियुमा राखेर उपचार भैरहेकोमा मृत्यु भएको नोबेलले जनाएको छ ।
त्यसैगरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानको कोभिड–१९ अस्वपतालमा उपचाररत धरान–३ का ६४ वर्षिय पुरुषको मृत्यु भएको छ ।
१२ असोजमा कोरोना पुष्टि भएपछि मृतक पुरुषलाई प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएकोमा मंगलबार विहान ४ः२० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।