इन्डो नेपाल क्रिकेट प्रतियोगिता : बिहारलाई हराउँदै सुपोलको शानदार जित

 न्यूज विराट
इन्डो नेपाल क्रिकेट प्रतियोगिता : बिहारलाई हराउँदै सुपोलको शानदार जित

विराटनगर । भारतको सुपोल क्रिकेट क्लबले बिहार ११ माथि १२१ रनको शानदार विजय हासिल गर्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो रोमाञ्चक खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुपोलले २० ओभरमा ५ विकेट गुमाउँदै २०६ रनको विशाल स्कोर खडा गर्यो । सुपोलको आक्रामक ब्याटिङमा ऋषु कुमारको उल्लेखनीय योगदान रह्यो । उनले ४० बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ५९ रन बनाए ।
एमडी अमनले पनि उत्कृष्ट प्रदर्शन गर्दै २६ बलमा ५३ रनको आक्रामक इनिङ्स खेले । अन्तिम ओभरहरूमा विनय कुमारको विस्फोटक ब्याटिङले दर्शकहरूलाई उत्साहित तुल्यायो । उनले १६ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ३५ रनको योगदान दिए ।
२०७ रनको कठिन लक्ष्य पछ्याएको बिहारले सुरुवातदेखि नै दबाबको सामना गर्नुप¥यो । सुपोलका बलरहरूको उत्कृष्ट प्रदर्शन अगाडि बिहारका ब्याट्सम्यानहरू क्रिजमा टिक्न सकेनन् र १३ ओभरमै पूरै टिम केवल ८५ रनमा अलआउट भयो ।
बिहारका आयुष सिंहले २२ बलमा २९ रन र यश राजले १६ बलमा १९ रन बनाए । अन्य कुनै पनि पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्, जसकारण टिमले सम्मानजनक स्कोर बनाउने आशा समाप्त भयो ।

प्रेम कुमारको बलिङ चमत्कार
खेलको सर्वाधिक चर्चित पक्ष भने सुपोलका तीव्र गतिका बलर प्रेम कुमारको अविश्वसनीय बलिङ प्रदर्शन रह्यो । उनले ४ ओभरमा केवल १५ रन खर्चेर ६ विकेट लिए, जुन यस प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो ।
प्रेमको घातक बलिङले बिहारका ब्याटरहरूलाई पूर्णरूपमा अस्तव्यस्त पा¥यो । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए ।
रतेश सिंहले पनि उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सुपोलको समग्र बलिङ टिमले उत्कृष्ट प्रदर्शन गरेको कारण, बिहारले आफ्नो इनिङ्स पूरा नगर्दै १३ ओभरमै सबै विकेट गुमायो ।

सम्बन्धित समाचार

देशभर संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौं, ५ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

लकडाउनभर घरमा बसेका कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले  बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्ति

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । योसहित प्रदेश सरकारमा कार्कीको तेस्रो इन्ट्री हो । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको...

तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुँदै

विराटनगर । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ।बुधबार विराटनगरमा आयोजित...

न्युरो अस्पतालको रक्तदान कार्यक्रम, ६० पिन्ट रगत संकलन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो । कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा....

घर हिँडेकाको उचित व्यवस्थापन होस् : कमल थापा

काठमाडौं, ५ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नका लागि सरकारले लकडाउन गरेपछि उपत्यकामा बसेर ज्याला मजदुरी गर्नेहरू समस्या परेका छन् । लगातारको लकडाउनका कारण कार्य क्षेत्र बन्द भएपछि खर्च अभावमा विभिन्न जिल्लाबाट...

बालिका बलात्कारपछि हत्या अभियुक्तलाई आजीवन कैद

विराटनगर, माघ १७–विराटनगरकी १० वर्षीया रुपमति दासको बलत्कारपछि हत्या गर्ने दुई जना अभियुक्तलाई अदालतले आजीवन कैदको फैसला गरेको छ । विराटनगर–८ बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठाउँका २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई...

एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न

विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सोमबार सम्पन्न भएको छ । ९ माघमा सुरू भएको स्पोर्ट्स मीट विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्