पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५७ संक्रमित थपिए, ५३ जना डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५७ संक्रमित थपिए, ५३ जना डिस्चार्ज

विराटनगर, १४ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १÷१ पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् ।

प्रदेश १ मा बुधबार १ सय ५७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुङ्गामा १÷१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २८ महिला र ४८ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला १० पुरुष, कटहरीमा ४ महिला ७ पुरुष, कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ५ महिला १३ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, इनरुवामा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १÷१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको विर्तामोडमा २ महिला १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १÷१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुङ्गामा १ महिला र प्रदेश १ बाहिरका ४ पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९८ पुगेको छ ।

प्रदेश १ मा बुधबार ५३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट ५÷५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ ।

प्रदेश १ मा बुधबार ९ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५२ महिला र १०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

खेर गइरहेको जमिनलाई पर्यटकीय क्षेत्र बनाउन स्थानीय सरकारको चासो

  मोहन भट्टराई शनिश्चरे । आजकाल देशका विभिन्न स्थानमा कृतिम रुपमा ताल, पोखरीहरु निर्माणको क्रम बढेको छ । मानिसहरुको आकर्षण पनि सिमसार क्षेत्रहरुमा बढ्दो छ । पर्यटनको राम्रो संभावना बोकेको पथरीशनिश्चरे नगरपालिकामा आधादर्जन जति सिमसारजन्य...

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाको माग

काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ (पृथ्वी जयन्ती) मा...

मुक्ति कृषि सहकारीको अध्यक्षमा पुनः आचार्य सर्वसम्मत

विराटनगर । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् । आचार्य स्थापना कालदेखि निरन्तर अध्यक्ष हुँदै आएका छन् । शुक्रबार सम्पन्न आठौं साधरणसभाको अवसरमा भएको निर्वाचन...

मोरङको जहदाबाट ११ सय ३ केजी गाँजा दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जहदा गाउँपालिका ७ मुसहरी टोलबाट प्रहरीले कुल १ हजार १ सय ३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश...

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु

विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ को उद्घाटन गर्नु भएको छ। आज विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सभामुख विष्टले फागुन १३ देखि १८ गते सम्म संचालन हुने...

सवारी दुर्घटनामा प्रहरी जवानसहित २ जनाको मृत्यु

परासी, १९ वैशाख-नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीवार राती भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री...

इप्रका रंगेलीलाई सफलता, एकै दिन १८ फरार अभियुक्त पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले गम्भीर प्रकृतिका अपराधमा संलग्न भइ फरार भएका अभियुक्तहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।फरार पक्राउ अभियान अन्र्तगत एकै दिन इप्रका रंगेलीले १८ जना फरार अभियुक्त पक्राउ गरेको हो ।...

टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्