पहिलो टेलिभिजन बहसमा ट्रम्प–बाइडेनबीच चर्काचर्की

 न्यूज विराट
पहिलो टेलिभिजन बहसमा ट्रम्प–बाइडेनबीच चर्काचर्की

एजेन्सी, १४ असोज-अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको पहिलो टेलिभिजन बहस सकिएको छ । बहसमा ट्रम्प र बाइडेनबीच आफ्नो एजेन्डाका विषयमा भन्दा अन्य विषयमा बढी चर्काचर्की परेको छ ।

नेपाली समय अनुसार बुधबार बिहान भएको टेलिभिजन बहसमा दुई उम्मेदवारबीच विपक्षी उम्मेदवारको जवाफका क्रमममा चर्काचर्कीको अवस्था सिर्जना भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन टेलिभिजन बहसमा पहिलो पटक आमनेसामने भएका हुन् ।फक्स न्यूजका क्रिस वालसले सहजीकरण गरेको बहस इतिहासमै खराब रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले लगातार बाइडेनको जवाफका क्रममा अवरोध गरेका थिए । त्यसपछि वालसले बारम्बार ट्रम्पलाई सचेत गराउनुका साथै चर्को स्वरमै ट्रम्पलाई रोक्नु परेको थियो ।

टेलिभिजन बहसमा कोरोना भाइरसको महामारी, सर्वोच्च अदालतमा न्यायाधीस नियुक्तिको प्रसंग, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रतालगायतका विषयमा छलफल भएको थियो । तर हरेक बहसमा ट्रम्पको अवरोधका कारण चर्काचर्की परेको थियो ।

राष्ट्रपति ट्रम्पले चुनावको नतिजालाई स्वीकार गर्ने या नगर्ने विषयमा कुनै प्रतिबद्धता जनाएनन् । तर बाइडेनले मतदातालाई आफूलाई जसरी सहज हुन्छ त्यसैगरी मतदान गर्न अपिल गर्दै जस्तोसुकै नतिजा आएपनि आफूले स्वीकार गर्ने प्रतिबद्धता जनाए ।

न्यूर्योक टाइम्सले गत आइतबारमात्रै राष्ट्रपति ट्रम्पले आयकर छली गरेको रिपोर्ट प्रकाशित गरेको थियो । तर बहसमा ट्रम्पले आफूले दशौँ लाख कर तिरेको दाबी गरे ।

उनले सन् २०१६ र २०१७ मा कति आय कर तिरेको हो भन्नेबारेमा भने जानकारी दिएनन् । तर न्यूयोर्क टाइम्समा प्रकाशित समाचारमा उनले दुवै वर्ष समान ७५० डलर मात्रै कर तिरेको उल्लेख छ ।

टेलिभिजन बहस सुरु हुनुभन्दा केही घण्टाअघि जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो कर सम्बन्धी विवरण सार्वजनिक गरेका थिए ।

सम्बन्धित समाचार

उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मी पनि डिस्चार्ज

विराटनगर, बैशाख २६–कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव...

कक्षा १०,११ र १२ को परीक्षाबारे छलफल

काठमाडौं, ३ वैशाख-राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई आउजाउ गर्न सहज हुनेगरी कक्षा १०,११ र १२ को परीक्षा गर्ने विषयमा छलफल सुरू गरेको छ । बोर्डले शिक्षा विकास तथा समन्वय इकाइलाई थप परीक्षा केन्द्र कति चाहिने हो,...

थप ९ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, जेठ ८–नेपालमा बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षण परीणाम अनुसार थप ९ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । योसँगै नेपालमा...

भारतको आन्ध्र प्रदेशमा बाढीको वितण्डा, २९ को मृत्यु, कैयौँ बेपत्ता

भारतको आन्ध्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । बाढीले १०० जना भन्दा बढीलाई बगाएर बेपत्ता पारेको भारतीय सञ्चार माध्यमहहरूले जनाएका छन् । निरन्तरको अत्यधिक वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति...

विराटनगरमा टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि हुने

विराटनगर । पहिलो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मिल्स फार्क क्बल विराटनगर १५ को आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरू हुने भएको हो । जेठ ११ र १२ गतेसम्म...

घिमिरे कल्याण परिषदले विराटनगरमा मंगलबार कुलपूजा गर्ने, एक हजार बढीको सहभागि हुने

विराटनगर । एकीकृत घिमिरे कल्याण परिषद केन्द्रीय कार्यालय पुष्पलाल चोक विराटनगरको परिषदले कुलपुजा देवाली गर्ने भएको छ । मंगलबारका दिन कुलपुजा देवाली विराटनगरमा हुने भएको हो । कुलपुजामा एक हजार बढी घिमिरे वन्धुहरुको उपस्थिती हुने...

युवाको क्षमता बढाउन जेसीजको भूमिका महत्त्वपूर्ण

विराटनगर । जेसीजले समाजमा रहेका युवालाई अघि बढाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।विराटनगर जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्तर्गत बिहीबार चौथो दिनको कार्यक्रम ‘प्रहरी सँग जेसीजका युवा’...

प्रदेश १ सरकारद्वारा कोरोना संक्रमण रोकथामका लागि ३ करोड निकासा

प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा आवश्यक कार्य गर्नका लागि ३ करोड बजेट निकासा गरेको छ । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गतका कार्यालय तथा स्थानीय तहमा सञ्चालित हेल्थ डेस्क सञ्चालनलगायतका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्