औषधी व्यवस्था विभाग विराटनगरमा हेल्प डेक्स संचालन

 न्यूज विराट
औषधी व्यवस्था विभाग विराटनगरमा हेल्प डेक्स संचालन

विराटनगर, ७ असोज-नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा लिन सहजता प्रदान गर्ने उद्देश्यले हेल्प डेक्स संचालनमा आएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त रूपमा बुधबार एक कार्यक्रम आयोजना गरि हेल्प डेक्स संचालनमा ल्याएका हुन् ।

हेल्प डेक्सको शुभारम्भ नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले गरे । कार्यक्रममा बोल्दै उनले सेवाग्राहीलाई सहज रुपमा छिटो छरितो तरिकाले सेवा प्रवाह गर्दै आएपनि हेल्प डेक्स संचालनमा आएपछि अझ सेवाग्राहीलाई सेवा लिन सहज हुने बताए ।

यस अघिपनि हेल्प डेस्क रहेको भएपनि लकडाउनपछि बन्द भएको थियो । लकडाउन खुलेपनि हेल्प डेस्क संचालनमा नआउँदा सेवाग्राही औषधी व्यवसायीहरुलाई समस्या भएको महशुस गरि झापा, मोरङ र सुनसरीका औषधी व्यवसायीहरू मिलेर एक जना प्राविधिक राखि संचालनमा ल्याएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष एवं प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

हेल्प डेक्स संचालनमा आएपछि व्यवसायीहरूको अनलाइन फर्म देखि पसलको नविकरण र नयाँ पसल दर्ताको प्रक्रियामा सहजता प्रदान हुने उनले बताए । औषधी व्यवस्था विभाग विराटनगर शाखाबाट दैनिक ५० सय जना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, सुनसरीका अध्यक्ष रबिन्द्र घिमिरे र झापाका अध्यक्ष गौतम गुप्ता, कोशी अञ्चलका पूर्व अध्यक्ष तथा मोरङका सल्लकार लक्ष्मण माझी र तीन जिल्लाका पदाधिकारी र व्यवसायीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

गाईको बाछाे काटेर खाएको आरोपमा ३ जना पक्राउ

झापा, जेठ ५-झापाको गौरादह-४ स्थितमा गाईको बाछाे काटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।...

अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतमा मात्र ८४ हजार २ सय २८ को मृत्यु

संसारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ४७ पुगेको छ भने १८ लाख ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वका शक्तिशाली देशहरुमा नै मृत्यु हुनेको संख्या अधिक छ...

विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ

विराटनगर, ९ जेठ । विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१ कि ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । उनलाई विराटनगर– १७ मटेरुवा चौकबाट प्रहरीले पक्राउ गरेको...

प्रदेश २ को स्वास्थ्य नीति मस्यौदा तयार

जनकपुर, माघ २८–प्रदेश २ को स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा आज सरकारलाई हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. रामकेवल साहले सामाजिक विकास मन्त्री नवल...

प्रेस काउन्सिलको कावा अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ३ भदौ-सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले...

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

पर्सामा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ९ भदौ-पर्सामा मृत्यु भएका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ । वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाँउपालिका- ४ सुपौलीका ६८ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएको...

औषधी व्यवसायीद्धार निःशुल्क स्वास्थ्य शिविर, एक सय बढीको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्