प्रदेश २ को स्वास्थ्य नीति मस्यौदा तयार

 न्यूज विराट
प्रदेश २ को स्वास्थ्य नीति मस्यौदा तयार

जनकपुर, माघ २८–प्रदेश २ को स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा आज सरकारलाई हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. रामकेवल साहले सामाजिक विकास मन्त्री नवल किशोर साहलाई र मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत उक्त मस्यौदा हस्तान्तरण गरे ।

कार्यदलले तयार पारेको मस्यौदामा प्रदेश २ को स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नु पर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुर्नसंरचना लगायतको विषयहरु समेटिएको छ । उक्त समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्गदर्शक हुने विश्वास व्यक्त गरे । सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोच अनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेको बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले स्वास्थ्य नीतिको मस्यौदा तयार भए झै सरकारलाई अगामी दिनमा काम गर्न सबै क्षेत्रको नीति बनाउन आवश्यक रहेको बताए । उनले अगामी दिनमा सरकारले मस्यौदालाई प्रारम्भिक आधार बनाएर आफनो नीति तथा कार्यक्रम बनाउने बताए ।

सम्बन्धित समाचार

‘लकडाउन’का बेला आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ

‘लकडाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम ४ बस्ने प्रदीप अग्रवाल, अंकित साह र विकाश कुमार साह रहेका छन् । बजार अनुगमनको क्रममा विभिन्न चोकमा...

काठमाण्डौं बाहिर पहिलो पटक न्यूरो अस्पतालमा ‘बीएलएस र एसीयलएस’ तालिम

विराटनगर । अस्पतालको जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीको लागि तीन दिने ‘बीएलएस र एसीयलएस’ तालिम सम्पन्न भएको छ । अमेरिकन हर्ट एसोसिएसन (एएचए) को आयोजनामा विराटनगरस्थित न्यूरो हस्पिटलको सभाहलमा भएको तीन दिने उक्त तालिम शुक्रबार समापन...

वीरगञ्जमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु

जनकपुरधाम,   ७ भदौ-कोरोना संक्रमणबाट बीरगञ्जमा थप १ महिलाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वामा समस्या देखिएपछि...

विदेशमा कोरोनाबाट २ सय ८४ नेपालीको मृत्यु

काठमाडौं, ९ कात्तिक-विश्वव्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

विराटनगर सिटीका प्रशिक्षकलाई एक वर्षको प्रतिबन्ध

काठमाडौं, १२ जेठ । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई अनुशासन कारबाही स्वरुप एक वर्षको प्रतिबन्ध लगाइएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको...

विराटनगरमा एनसेलको शनिबार सांगीतिक कार्यक्रम, प्रस्तुती दिन आइपुगे चर्चित कलाकार

विराटनगर । एनसेलले विराटनगरमा गर्ने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार दिउँसो २ बजेबाट विराटनगर ७ हाटखोला मैदानमा सुरु हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा...

आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक...

सिलवालको नियुक्तिमा कारण देखाऊ आदेश

काठमाडौं, १३ साउन-सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव भएका रमेशकुमार सिलवालको नियुक्तिमा कारण देखाउ आदेश जारी गरेको छ । सिलवाललाई नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरी दायर रिटमा सर्वोच्चले कारण देखाउ आदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्