मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

 न्यूज विराट
मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

काठमाडौं, ६ असोज-केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ ।

यसपालिको मनसुन सकिने समय सेप्टेम्बर २३ अर्थात् बुधबार हो, तर आजदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ । यसले अझै केही दिन मनसुसन लम्बिने पक्का भएको छ । मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् ।

मौसमविद् मिनकुमार अर्यालले अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारती वर्षा हुने जानकारी गराउनुभयो । मध्य र पूर्वमा अहिले पूर्ण बदली छ । राति अझै वर्षा हुने क्रम बढ्ने छ । अहिले सुदूरपश्चिममा भने अलि कम बदली रहे पनि रातीदेखि भने बढ्नेछ र केही स्थानमा वर्षा हुने जनाइएको छ ।

न्यून चापीय क्षेत्र विस्तारै उत्तरपश्चिम आउँदै छ । यसरी आउनु भनेको नेपालको मौसम बदलीमा सहयोग गर्नु हो । अहिले पश्चिमतिर अलि माथि आउने र त्यसपछि मध्य पूर्वतिर सर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय रेखा नेपाल नजिक आउँदा भारी वर्षाको सम्भावना हुन्छ ।

विगतमा तीन/चार दिन नेपालमा राम्रो घाम लागेको थियो । छिटफुटबाहेक मौसम बदली थिएन । यो बेला भारतमा उच्च चापीय क्षेत्र बनिसकेको थियो । त्यो सर्दै नेपाल आउँदा अब विस्तारै यसपालिको मनसुन हट्ने विष्लेषण मौसमविद्ले गरिसकेको तर भारतमा बनेको त्यो उच्च चापीय क्षेत्र त्यहीँ विलाएर गयो र न्यून चापीय क्षेत्र बन्न पुग्यो । त्यसपछि फेरि मनसुन सक्रिय हुन थालेको हो ।

मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन सकेको छैन । त्यसैले अझै केही हप्ता मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ । अहिले पूर्व र मध्य क्षेत्रमा रहेको मनसुनी प्रभाव बुधबारदेखि मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । त्यसक्षेत्रमा आगामी तीन दिन केही समय पानी रोकिने र बदली कम हुने देखिए पनि मुलुकभर नै मनसुन सक्रिय हुने र केही स्थानमा भारी वर्षा गराउने छ ।

यसपालि औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने हुँदा उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् । यसपालि मनसुनका बेला ठाउँठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याङ्कन गर्दा २ सय ४० प्रतिशत पानी परेकाले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

प्राप्त विवरणअनुसार बाढी पहिरोबाट वैशाखयता ३ सय ७५ को मृत्यु, १ सय जना बेपत्ता र ४ सय २० जना घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २७२ को मृत्यु र ७४ बेपत्ता भए ।  अधिकांश घटना ३० जेठमा मनसुन सक्रिय भएपछि घटेको छ । यसपालि नसोचेको क्षेत्रमा अपत्यारिला घटना भएका छन् ।

यस्तो छ मनसुनको ताजा अवस्था 

हाल उत्तरपूर्व बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । उक्त न्यून चापीय क्षेत्र पश्चिम र उत्तरपश्चिम सर्दैछ । यसरी सर्नु भनेको नेपालमा बदली हुनु हो । नेपालको प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र देशका अन्य प्रदेशमा सामान्य बदली रहेको छ । अहिले वाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र गण्डकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश-१ का १ र २ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना पनि छ ।

आगामी २४ घण्टामा प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र राति गण्डकी प्रदेश, प्रदेश-५ र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

नेपालको बाढी पूर्वाधनुमान महाशाखाका अनुसार आज रातिदेखि देशका अधिकांश नदीमा बहाव बढ्ने र असोज ७/१० गते देशै भरका नदीमा बहाव बढ्ने तर सतर्कता तलै हुने जनाइएको छ । असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत जनाइएको छ ।

आज मुख्यगरी प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर तथा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा र नवलपुरमा उच्च जोखिम रहेको जनाइएको छ । त्यस आसपासका अन्य जिल्लासमेत जोखिममा रहेको छ ।

महाशाखाले कन्काइ बाती, तिनाउ वाणगङ्गा, पश्चिम राप्ती बबईका सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ । यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान सुर्खेत र दैलेख जिल्ला पनि बाढी पहिरोको मध्यम जोखिममा रहेको जनाइएको छ । रासस

सम्बन्धित समाचार

एमाले मोरङका नेता बलभद्र सरदार माओवादी प्रवेश

विरटाटनगर, १८ भदौ । मोरङका एमाले जिल्ला सचिवालय सदस्य बलभद्र सरदार थारु नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेका छन् । आज विहान प्रचण्डनिवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।...

विराटनगरको नारायण र अम्विका वास्त्रालयमा राजस्वको छापा, कागजपत्र नियन्त्रणमा

विराटनगर । विराटनगरको दुई ठूलो कपडा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ ।राजस्व अनुसन्धान टोलीले बुधबार दिउँसो विराटनगर मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका बस्त्रालयमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो । भारतबाट...

विराटनगरमा आदिवासी जनजातीहरुको मौलिक नृत्य (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको...

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै

काठमाडौं,  २ असोज-प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ ।  न्युयोर्कमा आजदेखि सुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र...

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन...

औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाउन व्यवसायीहरुको माग

विराटनगर, २ साउन–नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाई प्रभावकारी बनाउन माग गरेका छन् । संघका तीनै जिल्लाका शाखाहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउने ,...

चीनले अनुदानमा दिएकाे ४० हजार पीसीआर टेस्ट कीटसहितका सामग्री सरकारलाई हस्तान्तरण

काठमाडाैं, २९ वैशाख-काेराेना भाइरस नियन्त्रण तथा राेकथामका लागि सहयाेग स्वरूप चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ । सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त...

प्रदेश १ मा आइतबार १० जनामा कोरोना पुष्टि, उदयपुरमा फेरी संक्रमण

विराटनगर, जेठ २५–प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । आइतबार विराटनगर महानगरपालिका–३ की २२ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको इनरुवा नगरपालिका–८ का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्