विराटनगरको नारायण र अम्विका वास्त्रालयमा राजस्वको छापा, कागजपत्र नियन्त्रणमा

 न्यूज विराट
विराटनगरको नारायण र अम्विका वास्त्रालयमा राजस्वको छापा, कागजपत्र नियन्त्रणमा

विराटनगर । विराटनगरको दुई ठूलो कपडा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ ।
राजस्व अनुसन्धान टोलीले बुधबार दिउँसो विराटनगर मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका बस्त्रालयमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो ।

भारतबाट क्यारिङ मार्फत भन्सार छली गरी कपडा आयत गरेको विशेष सूचनाको आधारमा राजस्व अनुसन्धानले छापा मारेको बुझिएको छ । राजस्वबाट गएको टोलीले कपडा पसलको प्रज्ञापन पत्र, खरिद बिल र बिक्री विल लिएर अनुसन्धान सुरु गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाले जानकारी दिए ।

नन्दु किशोर तापडिया र किसन तापडियाले सञ्चालन गरेको नारायण स्टोर भारतको जोगबनीमा समेत रहेको छ । खुल्ला सीमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याउने गरेको आरोप लाग्दै आएको छ ।

यसैगरी मेनरोडकै अम्बिका बस्त्रालयको समेत कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । प्रदिप अग्रवाल सञ्चालन रहेको अम्बिका वास्त्रालय हो ।
‘अहिले कागजपत्र लिएर अनुसन्धान सुरु गरिएको छ,’ कार्यालय प्रमुख ओझाले भने, ‘खरिद बिल र विक्री बिल ल्याएर अनुसन्धान गरिएको छ । थप अनुस्न्धानपछि मात्र भन्सार छली भए नभएको पत्ता लाग्नेछ । अहिले केही भन्न सकिने अवस्था छैन ।’

सम्बन्धित समाचार

आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छैनः मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने...

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः मुख्यमन्त्री राई

विराटनगर,१५ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठवन्धनमा रहेका केही पार्टीहरुको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकोले प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई भएको बताउनु भएको छ। मुख्यमन्त्री राई नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको...

सांसद अपहरणको छानविन गर्न विपक्षी ४ दलको माग

काठमाडौं, १५ वैशाख-सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानविन गर्न माग गरेका हुन् ।...

आज २५६४ औँ बुद्ध जयन्ती, घरमै दीपावली गरेर मनाउन सरकारको आह्वान

काठमाडौं, २५ वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदै छ । ‘अहिंसा नै शान्ति र...

एमाले कोशी प्रदेशको अधिवेशन, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्षमा चार जनाको आकांक्षी देखिएको छ । कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछाडि नहट्ने भनेर तयारीमा जुटेका छन् । एमाले कोशीको अधिवेशन...

नयाँ वर्षमा कोरोनाविरुद्ध संघर्षरत सबैलाई पूर्ण सफलता मिलोस्ः अध्यक्ष प्रचण्ड

काठमाडौं, १-वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका ‘लकडाउन’लगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् । नयाँ वर्ष २०७७ सालको...

मोरङमा कांग्रेसले सुरु गर्यो जिताऔँ अभियान

विराटनगर,२९ फागुन/ नेपाली कांग्रेस मोरंगले आइतबारदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका...

खेलाडी राष्ट्रको गहना हुनः मुख्यमन्त्री राई

विराटनगर, २० असार । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडी राष्ट्रको गहना रहेको बताउनु भएको छ। प्रदेश नं १ खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशबाट साफ, एशियन तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्