संविधान कार्यान्वयनको बाँकी काम छिट्टै पूरा हुन्छन् : उपराष्ट्रपति पुन

 न्यूज विराट
संविधान कार्यान्वयनको बाँकी काम छिट्टै पूरा हुन्छन् : उपराष्ट्रपति पुन

काठमाडौं, ३ असोज-उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७७ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य हो,’ उनले भनेका छन्, ‘संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरूलाई संविधानभित्रै रहेर सम्बोधन गर्न र यसलाई थप परिष्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जाने विश्वास लिएको छु ।’

उपराष्ट्रपति पुनले संविधानसभाबाट संविधान जारी गर्ने लामो समयदेखिको जनाकाङ्क्षा पूरा गर्न भएका विभिन्न कालखण्डका जनान्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको यस स्वर्णीम दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गरेका छन् । उनले आफ्ना अधिकार संस्थागत गरेको संविधानप्रति गौरव गर्न सबैमा अपिलसमेत गरेका छन् ।

सम्बन्धित समाचार

यस कारण कोरोना भाइरस सङ्क्रमण सरकारले लुकाउन सक्दैन

चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९) देखिएको छैन ।तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको...

मन्त्री घिमिरेको स्वास्थ्य सुधार

विराटनगर, १८ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । होम आईसोलेसनमा रहेका मन्त्री घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको स्वकीय सचिवालयले जनाएको छ । सचिवालयले आज विज्ञप्ती प्रकाशित...

प्रदेश १ मा आज १३ संक्रमित थपिए, १३९ डिस्चार्ज

विराटनगर, ११ पुस-प्रदेश १ मा शनिबार एक सय ३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा शनिबार...

सोमबारदेखि रमपम विराट गोल्डकप, उद्घाटनमा मोरङ र कोलकाताको साउथर्न क्लब भिड्ने

विराटनगर । रमपम विराट गोल्डकप सोमबारदेखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट साढे ६ बजेदेखि सुरु हुने रात्रिकलीन गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम रिजालको मोरङ ११ र कोलकाताको साउथर्न क्लबबीच हुने छ ।...

बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु

विराटनगर, १२ असार । उदयपुर ताप्लि २ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे भैसी चराउन गएका परियारको सोही...

बिहीबारबाट यी सवारी साधन चल्नेछन्, उच्चस्तरीय समितिका १२ निर्णय

उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएकाे छ ।बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र...

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं, जेठ ७–नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक...

फर्किन चाहने नेपालीलाई विवरण दिन अस्ट्रेलियास्थित नेपाली दूतावासको आग्रह

काठमाडौं, १६ जेठ-अस्ट्रेलियास्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेलाई आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल फर्किन नपाएका र तत्काल नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका अस्ट्रेलिया र अस्ट्रेलियास्थित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्