प्रदेश १ मा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

 न्यूज विराट
प्रदेश १ मा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

विराटनगर, २६ भदौ–कारोना भाइरसको संक्रमणबाट प्रदेश १ मा शुक्रबार दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र मा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक महिलाको मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीको रामधुनी–५ झुम्काका ४३ वर्षिय पुरुषको उपचारका क्रममा निधन भएको हो । एक वर्षदेखि झुम्का कारागारमा रहेका मृतक पुरुषमा १० दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी तथा स्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवाबाट रेफर गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान ११.५४ मा ल्याइएको थियो।

उनलाई तत्काल इमेरजेन्सीमा भर्ना गरि सुरु गरिएकोमा उपचारका क्रममा ४.३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार मृतक पुरुषको शुक्रबारनै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । मृतकमा कुनैपनि दिर्घरोग नरहेको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियमअनुसार व्यवस्थापन कार्य भइरहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

त्यस्तै विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मोरङको ग्रामथान गाउँपालिका–२ की ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा ४ः३० मा मृत्यु भएको छ ।

उपचार केन्द्रका प्रमुख डा. दिपक सिग्देलका अनुसार वृद्धामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन राति स्वास्थ्यमा समस्या थपिएपछि उनलाई कोशी अस्पताल हुँदै कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

सम्बन्धित समाचार

कडा निगरानीमा उपत्यकाका सडक

काठमाडौं, १ जेठ-उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नागरिकको आवतजावतमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वितरण गरेका पाससमेत रद्द गरेको सरकारले सडकमा सुरक्षाकर्मीको संख्यासमेत बढाएको छ । शनिबारदेखि लागू हुनेगरी पास रद्द गरेको सरकारले आजैबाट सडकमा आउजाउमा...

अब बैंकमा अत्यावश्यक सेवा मात्र

काठमाडौँ, ३१ वैशाख । बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । पछिल्ला दिनमा कर्मचारीहरूमा कोभिडको संक्रमण बढेसँगै बैंकहरूले प्रदान गर्ने सेवा घटाएका हुन् । बैंकमा सेवाग्राहीको भीड कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहीबार राष्ट्र...

एमालेले संविधानको धारा ७६ (५) लाई संशोधन गर्न पहल गर्ने

नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।  बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न...

६९ जिल्लामा कोरोनाको र्‍यापिड टेस्ट

काठमाडौं, ४ वैशाख-सरकारले ६९ जिल्लामा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले ६९...

कालोबजारीविरुद्ध प्रहरी कठोर बन्ने

काठमाडौं, चैत ५–महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताए । महानगरीय प्रहरी वृत्त लैनचौरले आज आयोजना गरेको ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका’...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत

रोम, १३ माघ (रासस/सिन्ह्वा)-इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराउनुभएको छ । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्