राशिफल

कालोबजारीविरुद्ध प्रहरी कठोर बन्ने

 न्यूज विराट
कालोबजारीविरुद्ध प्रहरी कठोर बन्ने

काठमाडौं, चैत ५–महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताए । महानगरीय प्रहरी वृत्त लैनचौरले आज आयोजना गरेको ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले कोभिड–१९ को त्रास देखाएर केही व्यापारीले कालोबजारी गरेको भन्दै त्यसका विरुद्ध नेपाल प्रहरी लाग्ने विश्वास व्यक्त गरे ।

एक नेपालीले अर्कौ नेपालीलाई ठग्ने प्रवृत्तिको अन्त्य गरिने उनको भनाइ थियो । उनले ठमेललाई शान्त र सुरक्षित बनाउन स्थानीय समुदायको सहकार्यमा प्रहरी अगाडि बढ्ने बताए । सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी लागिरहेको उनको भनाइ थियो ।

नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले अपराधमुक्त समाज निर्माणका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । काठमाडौँ महानगरपालिका–१७ का वडाध्यक्ष नवीन मानन्धरले प्रहरीसँग सहकार्य गरेर समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीय सरकारले प्रहरीलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोल, समाजसेवी देवेन्द्र रिमाल, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङलगायतले समाजमा हुने अपराध नियन्त्रणमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सोही अवसरमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति तथा सङ्घसंस्थालाई सम्मानसमेत गरिएको थियो । रासस

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...