कोरोना संक्रमणबाट चितवनमा थप एकको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट चितवनमा थप एकको मृत्यु

चितवन,  २५ भदौ-चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

श्वासप्रश्वास समस्या देखिएपछि २० भदौमा अस्पतालमा भर्ना भएका उनको २२ भदौमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । मृत्युहुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३ तथा बारा, गोर्खा र कैलालीका एकए/क जना रहेका छन् । रासस

सम्बन्धित समाचार

राप्रपाको चुनावी प्रक्रिया आज, अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्र...

प्रदेश २ मा थपिए १०७ संक्रमित

जनकपुरधाम, ३१ जेठ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीका १, सर्लाहीका...

चैतयता एक्टिभ ६४ हजार मोबाइल नम्बर सेनाको निगरानीमा

काठमाडौं, १० बैशाख-नेपाली सेनाले ६४ हजार मोबाइल नम्बरमाथि अनुसन्धान थालेको छ । चैत महिनायता एक्टिभ भएका मोबाइल नम्बरमाथि सेनाले अनुसन्धान गर्न थालेको हो । चैत महिनायता एक्टिभ भएका नम्बरहरू अधिकांश विदेशबाट आएका मानिसले चलाएको आशंका...

कोरोना परीक्षण भन्दै झुक्याएर कतारले निष्कासन गर्‍यो कैयौँ कामदार : एम्नेस्टी

काठमाडौं, ४ वैशाख-कोरोना भाइसर (कोभिड–१९ परीक्षण) गर्ने भन्दै झुक्याएर कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत फागुन २९ र ३० मा...

अपराध न्यूनिकरणको लागि कटहरीमा स्थानीय तह प्रहरी कार्यक्रम सुरू हुँदै, यसरी भयो त्रीपक्षीय समझदारी

विराटनगर । अपराध रोकथाम र न्युनिकरण गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिका भित्रको विद्यालयहरूमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरू हुने भएको छ । आगमी नयाँ शैक्षिक शत्रदेखि कटहरी गाउँपालिका भित्रको सामुदायिक र निजी विद्यालयहरुमा...

मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

विराटनगर, जेठ ३–कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका मोरङका पत्रकारहरुको कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको छ । शनिबार नेपाल पत्रकार महासंघको प्राङगणमा जिल्लाका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागी...

भारतमा सक्रिय संक्रमितको सङ्ख्या तीव्र रूपले घट्दै, २४ घण्टामा १०५९ जनाकाे मृत्यु

एजेन्सी, २२ माघ । भारतमा कोरोना भाइरसबाट थप १ लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव सात दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्