राशिफल

भारतमा सक्रिय संक्रमितको सङ्ख्या तीव्र रूपले घट्दै, २४ घण्टामा १०५९ जनाकाे मृत्यु

 न्यूज विराट
भारतमा सक्रिय संक्रमितको सङ्ख्या तीव्र रूपले घट्दै, २४ घण्टामा १०५९ जनाकाे मृत्यु

एजेन्सी, २२ माघ । भारतमा कोरोना भाइरसबाट थप १ लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा १ हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या ५ लाख १ हजार ११४ पुगेको छ ।

भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै दोब्बर रहेकाले सक्रिय संक्रमितहरूको सङ्ख्या तीव्र रूपमा घट्दै गइरहेको छ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...