न्यूरो अस्पताल र विराटमा मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

 न्यूज विराट
न्यूरो अस्पताल र विराटमा मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

विराटनगर, २४ भदौ–विराटनगरस्थित न्युरो अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका छन् ।

कोभिड उपचारका लगि छुट्टै अस्पताल सञ्चालनमा ल्याएका दुवै स्वास्थ्य संस्थाले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका हुन् । यसअघि सशुल्क उपचार गर्नेगरी कोभिड अस्पताल सञ्चालन गरेका न्युरो अस्पताल र विराट मेडिकल कलेजले निःशुल्क उपचार गर्ने भएका हुन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि बुढीगंगा–२ टंकिसिनवारीमा रहेको कलेजले कोरोना संक्रमितको उपचार निःशुल्क गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि अस्पतालले सोमबारबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको कलेजका उपाध्यक्ष डेनिस कार्कीले जानकारी दिए ।

विराट मेडिकल कलेजले ३१ साउनबाट ६० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको थियो । तीमध्ये ३८ साधारण र २२ क्याबिन बेड छन् । यस्तै ६ वटा भेन्टिलेटर रहेको छ । विराटमा अहिलेसम्म २९ जना कोरोना संक्रमित भर्ना भएकोमा १६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

त्यसैगरी छुट्टै कोरोना अस्पताल सञ्चालनमा ल्याएको विराटनगरकै न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले पनि संक्रमितको उपचार निशुल्क सुरु गरेको हो । विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई ११ भदौबाट न्यूरोले कोभिड अस्पतालमा परिणत गरेको छ ।

अस्पताललमा बुधबारबाट संक्रमितको उपचार निःशुल्क गरिएको न्यूरो अस्पतालका डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतले जानकारी दिए । न्यूरोले ५१ बेडको कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । जसमा ४२ वटा बेड जनरल, ७ वटा आईसीयू र दुई वटा भेण्टिलेटर रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गराउन धर्ना

काठमाडौं, ३० असार-नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । २२ असारमा सेनिटाइजर दर्ताको म्याद ३ महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेका...

सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटगर डाउनटाउन, मस्तिष्क पक्षाघात भएका बालबालिकालाई सहयोग

विराटनगर, २० असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा...

जनताको सेवामा ध्यान दिन मन्त्री घिमिरेको आग्रह

विराटनगर, ७ असोज-। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गरेका छन् । उनले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन...

विराटनगरका साहित्यकार भैरोदान सुरानालाई भव्य सम्मान

विराटनगर । विराटनगरका अग्रज साहित्यकार ८८ बर्षिय भैरोदान सुरानालाई सम्मान गरिएको छ । एकै दिन दुई संस्थाले घरमा पुगेर सुरानालाई सम्मान गरिएको हो । सुरानाले नेपाली तथा मारवाडि भाषा साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै...

स्मरणशक्ति बढाउन कोवास कलेजमा विद्यार्थीलाई तालिम

विराटनगर । विराटनगरस्थित कोवास कलेजमा विद्यार्थीहरुलाई स्मरणशक्ति बढाउनुको साथै अध्ययन गर्ने कला सिकाउने उद्देश्यले एक दिने तालिम दिएको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त तालिम दिएको हो । जीएलए विश्वविद्यालय मथुरा भारतबाट...

कोरोना अस्पताललाई ६ आइसीयु वेड हस्तान्तरण

विराटनगर, वैशाख ३–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि बुधबार तीन वटा गैरसरकारी संस्थाले ६ आईसीयु वेड हस्तान्तरण गरेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयु...

कोरोनाबाट उपत्यकाका ६ सहित १४ को मृत्यु, ३९८ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्