कोरोना अस्पताललाई ६ आइसीयु वेड हस्तान्तरण

 न्यूज विराट
कोरोना अस्पताललाई ६ आइसीयु वेड हस्तान्तरण

विराटनगर, वैशाख ३–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि बुधबार तीन वटा गैरसरकारी संस्थाले ६ आईसीयु वेड हस्तान्तरण गरेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयु वेड हस्तान्तरण गरिएको हो ।

करुणा फाउण्डेसन नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले ३ लाख ५९ हजारको ३ वटा र स्वीस सरकार विकास सहयोग (एसडिसी) ले ३ लाख ५० हजारको ३ वटा वेड हस्तान्तरण गरेको हो । कोभिड अस्पताललाई आज इलेक्ट्रिक ३ वटा र म्यानुअल आईसीयु वेड ३ वटा हस्तान्तरण गरिएको हो ।

कोभिड १९ अस्पताललाई विश्व लुथरन फेडेरेसन (एलडब्लुएफ) ले १० केभिएको अनलाईन युपीएस हस्तान्तरण गरेको छ । ३ लाख ६० हजारको अनलाईन युपीएस हस्तान्तरण गरिएको लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले जानकारी दिए ।

आईसीयु वेड र अनलाईन युपीएस ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना भाईरस विरुद्ध लड्नका लागि सरकार मात्रै नभएर समाजका सवै अंगको उत्तिकै भूमिका रहने बताए । प्रदेश १ सरकारले कोभिड अस्पताल नमूना अस्पताल निर्माण गरेको उनले बताए ।

कोभिड अस्पताललाई अहिले विभिन्न दातृ संस्थाहरुबाट विभिन्न स्वास्थ्य सामाग्री र उपकरणहरु जुट्दै गएकाले दाता प्रति मन्त्री घिमिरेले आभार व्यक्त गरे । उनले कोरोनाको उपचार पछि प्रदेश सरकारले कोभिड अस्पतालमा नयाँ कार्यक्रम सुरु गर्ने बताए ।

यसअघि कोभिड अस्पतालाई विराटनगर राउण्ड टेवल नम्वर ५ र काठमाण्डौं मेट्रो राउण्ड टेवल नम्वर ४ ले संयुक्त रुपमा २ वटा आईसीयु वेड हस्तान्तरण गरिएको थियो ।

यसैगरि करुणा फाउण्डेसनले सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्पाइनल इन्जुरी भएका ३९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको जनाएको छ । फाउण्डेसनले सामाजिक विकास मन्त्रालयलाई एक सय थान व्यक्तिगत सुरक्षा उपकरण पनि उपलब्ध गराएको बताएको छ ।

सम्बन्धित समाचार

सिद्धबाबालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

विराटनगर, पुस २५–बलात्कार अभियोग लागेका कृष्णदास गिरी (सिद्धबाबा) साधारण तारेखमा रिहा हुन पाऊँ भन्दै उच्च अदालत विराटनगर पुगेका छन् । बलात्कार अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत मोरङले गत १४ पुसमा ३ लाख रुपैयाँ धरौटीमा रिहा...

विराटनगरको मेरील्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान पुरस्कार प्रदान गरेको छ । कलेजले शिक्षा क्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमान्डौमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो

विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...

भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले...

औषधी व्यवसायी संघ मोरङले मनायो ४८ औँ स्थापना दिवस

विराटनगर, १० असार । पुरानो र सजाय कम भएको औषधी ऐन २०३५ हुदा औषधी क्षेत्रमा देखा परेको बिकृती र विसंङगती अन्त्य हुन नसकेकोले कडा ऐन ल्याएर अपराधमा संलग्नलाई कारवाही गर्न औषधी व्यवसायीहरुले माग राखेका छन्...

‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू, ३० वटा विद्यालयको सहभागि

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार...

आज थप १३३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५ हजार ३८३

काठमाडौं, ९ साउन-नेपालमा पछिल्लो २४ घण्टाको थप १३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९८७ जनामा कोरोना...

कार चोरीमा संग्लग्न ३ जना लागुऔषध सहित पक्राउ

विराटनगर, २४ माघ । मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्