संक्रमण समुदायमा फैलिएकोबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

 न्यूज विराट
संक्रमण समुदायमा फैलिएकोबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

काठमाडौं, १७ भदौ-सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो । 

नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।  गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हो ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिले ठूलो सङ्ख्यामा सबैमा संक्रमण देखिन थालेपछि समुदायमा नै संक्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिए । यसअघि गत जेठ महिनामा महाशाखाले काठमाडौँ उपत्यकामा पनि समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो ।

सो अध्ययनले उपत्यकामा समुदायस्तरमा संक्रमण नफैलिएको बताएको थियो । त्यतिबेलाभन्दा अहिले काठमाडौँ उपत्यकामा संक्रमण दर बढिरहेको छ । हिजोमात्र ४ सय ८१ जनामा संक्रमण देखिएको थियो ।

महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर ७ वटै प्रदेशमा रगत सङ्कलनका लागि पठाउने महाशाखा निर्देशक डा. पाण्डेले बताए ।

७ वटै प्रदेशमा संक्रमण बढी फैलिएका ठाउँमा गई ६ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने छ । महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ ।

एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । ७ वटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ । रासस

सम्बन्धित समाचार

नेवा : देय दबुको अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ

विराटनगर । नेवाः समुदायको राष्ट्रिय संस्था नेवाः देय दबुको बिराटनगरको अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ चयन भएका छन् । विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले अम्बर सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।बङ्गलामुखि मन्दिरको प्राङ्गण झी पुचः...

चितवनबाट पैदलै सप्तरी पुगेका थिए संक्रमित युवक

राजविराज, २९ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हाे । डाक्नेश्वरी...

आज २८५६ संक्रमित थपिए, ३३३६ जना डिस्चार्ज

काठमाडौं, ९ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।  त्यस्तै, आज...

कोरोनाभाइरसबाट युरोपमा एकको मृत्यु

एजेन्सी, फागुन ४–फ्रान्समा एक चिनियाँ पर्यटकको नयाँ कोरानाभाइरसबाट मृत्यु भएको छ। यो एसिया बाहिर कोरोनाभाइरस रोगबाट पहिलो पटक मृत्यु भएको हो। उनी जनवरी १६ मा फ्रान्स पुगेकी थिइन र २५ जनवरीमा क्वारेन्टाइन अस्पातालमा राखिएको थियो।...

१६५ भारतीय नागरिक लिएर फर्कियो एयर इण्डिया 

काठमाडौं, ७ जेठ-भारतले नेपालमा लकडाउनका कारण रोकिएका १ सय ६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौंबाट फिर्ता लगेको हो । यो चार्टर्ड...

विदेशबाट फर्केकाको परिवार पनि क्वारेन्टाइनमा

कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ । सो गाउँपालिकामा १ चैत यता ९ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए । सङ्क्रमणको जोखिम...

कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलमा ‘ह्यापीनेश करिकुलम’

विराटनगर । विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले कोशी प्रदेशमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गरेको छ । चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम...

प्रधानमन्त्री धुम्बाराही नआउने, कोरोना संक्रमणको डरलाई देखाइयो कारण

काठमाडौं, २१ मंसिर-नेकपा अध्यक्ष तथा प्रधानमन्त्री धुम्बाराहीमा बसिरहेको स्थायी कमिटी बैठकमा नआउने भएका छन् । कोरोना भाइरसको संक्रमणको डर रहेको भन्दै प्रधानमन्त्री ओली बैठकमा नआएका हुन् । आजको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्