फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १ सय ७

 न्यूज विराट
फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १ सय ७

काठमाडौं, १६ भदौ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि गरिएको हो । वृद्धि गरिएको मूल्यसँगै काठमाडौं आसपासमा प्रतिलिटर १ सय ७ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । 

डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले मूल्य बढाए पनि भारतका तुलनामा नेपालमा पेट्रोलको मूल्य ३२ रुपैयाँ कम रहेको जनाएको छ । निगमले १ सेक्टेम्बर २०२० मा बढाएको मूल्यसूचीका आधारमा समायोजन भएको निगमले जनाएको छ ।

यसअघि ३२ साउनमा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले यतिबेला पेट्रोल डिजेल र मट्टीतेलमा १/१ रुपैयाँ वृद्धि गरेको थियो । यतिबेला पनि हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखे‍को थियो ।

सम्बन्धित समाचार

प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमित थपिए

विराटनगर, २८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा...

एनटीसीका ग्राहकले विनाब्यालेन्स ५० मिनेट कुरा गर्न पाउने

काठमाडौं, ८ वैशाख-नेपाल टेलिकमका ग्राहकले शून्य ब्यालेन्समा पनि करिब ५० मिने कुरा गर्न पाउने भएका छन् । लकडाउनको कारण आफन्तसँग कुराकानी गर्न नपाएका ग्राहलाई केन्द्रित गरेको यस्तो योजना ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए

विराटनगर, २६ कात्तिक–प्रदेश १ मा बुधबार ४ सय ४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४ सय ३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट छ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या...

थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पतालमा

काठमाडाैं, ३ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । कोरोना भाइरस (काेभिड-१९) संक्रमित १ महिलाको मृत्यु भएपछि टोली धुलिखेल अस्पताल पुगेको हो । ‘काेभिड-१९ कै संक्रमणले मृत्यु भएको रहेछ भने यो पहिलो...

विश्व बाताबरण दिबसमा बुद्धोदय सहकारीद्धारा वृक्षारोपण

विराटनगर । विश्व बाताबरण दिबसको अबसरमा बुद्धोदय बचत तथा ऋण सहकार संस्था लि. लिे वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । विराटनगर ३ मा रहेको सहकारीले बुधबार वृक्षारोपण गरेको हो । सहकारीले अन्य विभिन्न संघसंस्थाको आयोजनामा...

नेपाल चिकित्सक संघ कोशीको निर्वाचन सुरू, भोलि बेलुकादेखि मतगणना हुने

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशीको कार्यसमितिको निर्वाचन सुरू भएको छ । संघमा पहिलोपटक दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । यसअघि १२ वर्ष पहिले केही पदका लागि मात्रै निर्वाचन भएको थियो । पहिलोपटक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्