ज्ञानेन्द्रकाे सचिवालय भन्छ, 'राजावादीकाे जुलुसमा हाम्राे सं‌लग्नता छैन' - News Birat

ज्ञानेन्द्रकाे सचिवालय भन्छ, ‘राजावादीकाे जुलुसमा हाम्राे सं‌लग्नता छैन’

न्यूज विराट

काठमाडौं, १७ मंसिर-१५ मंसिर मध्याह्न काठमाडौंको सडकमा चर्को नारा उर्लियो, ‘राजा आऊ, देश बचाऊ ।’ यो नारा विराटनगर, बुटवल, धनगढी, पोखरा, हेटौँडा हुँदै काठमाडौं भित्रिएको हो ।

यी सबै सडक आन्दोलनमा राजनीतिक दलहरूको घोषित संलग्नता छैन । नागरिक समाजको आवरणमा केही खुला मोर्चा गठन भएका छन् । र, ती मोर्चाको ब्यानरमा मानिसहरू सडकमा निस्केका छन् । अन्तिम राजा ज्ञानेन्द्र र उनका निकटस्थकाे उक्साहटमा यी गतिविधि भइरहेकाे सत्तापक्षका नेताहरूले दाबी गरेका छन् । यस्ताे भन्नेमा जसपा अध्यक्ष बाबुराम भट्टराई पनि छन् ।

यी मोर्चा र आन्दोलनबारे पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंचाहिँ कति जानकार छन् ? अर्थात् ज्ञानेन्द्रकै उक्साहट र रणनीतिमा सडक तातिरहेको त होइन ? तर, पूर्वराजा ज्ञानेन्द्रको सचिवालयका सदस्यहरू यी सबै अस्वीकार गर्छन् । उनीहरूको प्रष्ट भनाइ छ, ‘राजाको पक्षमा सडकमा देखिएको माहाैल र आन्दोलनबारे नागार्जुन दरबार जानकार छ तर समर्थन छैन ।’

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles