कोरोनाबाट महोत्तरीकी ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

 न्यूज विराट
कोरोनाबाट महोत्तरीकी ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

काठमाडौं, १६ भदौ-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको निधन भएको छ । २४ घण्टाको अवधिमा ४ वर्षीया बालिकासहित ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

संक्रमणबाट मृत्यु हुनेमा १ बालिका हुन् भने १० जना पुरुष रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा  महोत्तरीकी ४ वर्षीया बालिका, पर्साका ५३, ८० र ६०, काठमाडौंका ७० र ३५, महोत्तरीका ३७, सिरहाका ६५, बाराका ६० चितवनका ५२ र मकवानपुरको ५८ वर्षीय पुरुष रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २३९ पुगेको छ ।

प्रवक्ता डा. गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको बताएका छन् । उनले नेपालमा कुल संक्रमितमध्ये ०.५९ प्रतिशतको मृत्यु भएको तथ्यांक रहेको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा ४८१ जनासहित देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ७ लाख ५ हजार ५६० जनामा पीसीआर परीक्षण गर्दा ४० हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

कुल संक्रमितमध्ये २२ हजार १ सय ७८ जना निको भएर घर फर्किएका छन् भने १८ हजार १ सय १२ जना सक्रिय संक्रमित संस्थागत तथा होम आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

वीरगञ्जका सरसफाइकर्मी हड्तालमा

जनकपुर, १८ जेठ-सरसफाइकर्मी हड्तालमा बसेपछि वीरगन्ज महानगरको फोहोर शनिबारदेखि उठ्न सकेको छैन । फोहोर उठाउन सडकमा निस्किँदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हड्तालमा बसेका छन् । सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै हातपात गर्न...

रंगेली—७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डल र उनको प्यानलै निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डलसहित उनको प्यानलै विजयी भएको छ । मण्डल दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए...

खनाल र नेम्वाङका योजना बाँडफाँट

काठमाडौं, १३ मंसिर-पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् ।...

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, १२ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गए राति हत्या भएको छ । प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर...

झापाका चोकबजार सुनसान

विराटनगर, चैत ११–लकडाउन शुरु भएसँगै झापाका बजार चोकहरु समेत सुनसान बनेका छन् । लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने झापाका बजारहरु, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् । झापाका मुख्य शहरहरु बिर्तामोड,...

राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुन : जीवन काफ्ले

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षतामा पुन : जीवन काफ्ले निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको सहकारीको २६ औँ बार्षिक साधारणसभाले काफ्ले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि अध्यक्षमा...

कोरोना जितेकी अंशु भन्छिन्ः धैर्य र आत्मबल नै औषधि

बागलुङ, १३ वैशाख-बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौ र छैँटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको छ । बागलुङ...

प्रसूति गृहमा २८ वर्षीया सोमिकाले जन्माइन् पाँच शिशु 0

काठमाडौं, १९ असोज-तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ ।  सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्