डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

 न्यूज विराट
डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, १२ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गए राति हत्या भएको छ ।

प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर हत्या भएको हो ।

पोखरीको निरीक्षण गर्न गएका बेला विवाद भएपछि ५५ वर्षीय श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पोखरीको निरीक्षणका लागि त्यहाँ पुगेका थिए ।

खाजा खाने क्रममा जेसीभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच विवाद भएको थियो । त्यसपछि उनीहरू पोखरी विस्तार भइरहेको ठाउँमा पुगेका थिए ।

विवादपछि आक्रोशित बनेका चालकले श्रेष्ठको टाउको र छातीमा जेसीभीको बकेटले हानेर हत्या गरेको नगरपालिकाका मेयर मनोज देबकोटाले बताए । उनका अनुसार हत्या गरेपछि वडाध्यक्षको शव पुरेर चालक भागेका थिए ।

प्रहरीले दाहाल तथा चालक तामाङलाई पक्राउ गरेको छ । श्रेष्ठको शव राति नै निकालेर जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।

सम्बन्धित समाचार

उपत्यकामा कोरोना भेटिएपछि टेकु अस्पतालमा परीक्षण गराउनेको भीड

काठमाडौं, ३१ वैशाख-काठमाडौ र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ ।  परीक्षणका लागि आउने अधिकांश काठमाडौ बाहिरबाट आएका मानिस छन् । साना बच्चदेखि वृद्धवृद्धासम्म परीक्षण्का लागि यतिवेला लाईनमा वसेका छन्...

‘लाईभ इन विराटनगर’मा दुर्गेस थापा शुक्रबार आउँदै, दर्शकमा चर्को उत्साह छ : सेन्ट्रो

विराटनगर । विराटनगरको हाटखोला खेल मैदानमा शुक्रबार साँझ आयोजना हुने गायक दुर्गेस थापाको लाइभ प्रस्तुतिको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। पछिल्लो समय नेपाली म्युजिक स्टेजका चर्चित नाम बनेका थापा पहिलोपटक विराटनगरमा प्रस्तुति दिन...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा च्याउ खेती तालिम प्रदान

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन च्याउ खेती तालिम प्रदान गरेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–२ का ३० जना महिला तथा युवतीहरुलाई दिवसको...

गाँउपालिकाले काटिदियो किसानको गहुँ

सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ । झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वृक्षारोपण गरेको छ । आइतबार इक्राहीस्थित म्याजिक चप्पल उद्योग अगाडी विभिन्न जातको विरुवाहरु रोपिएको हो । आँप, अम्बक, अमला, जामुन, बेल जस्ता १०० वटा फलफूल, अशोक र नीमका...

विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...

सम्राट स्पोर्टिङ क्लबद्धारा लिग बिजेता खेलाडीलाई सम्मान

विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्