राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कोइराला

 न्यूज विराट
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कोइराला

काठमाडौं, ९ भदौ-राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिले डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो ।

पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई मन्त्रिपरिषदको बैठकले राजस्व बाेर्डको सदस्यमा नियुक्त गरे पनि वाणिज्य बैंकको अध्यक्षमा डा. कोइरालालाई नियुक्त गरिएको हो ।

यसअघि उनी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति थिए । तर, विश्वविद्यालयमा आर्थिक हिनामिना धेरै भएपछि उनलाई प्रवेशमै रोक लगाइएको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए ।

लामो समयदेखि विवादित रहेका डा. कोइरालालाई अध्यक्ष बनाइएकोमा धेरैले विरोध जनाइरहेका छन् । डा. कोइराला उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी हुन् ।

सम्बन्धित समाचार

अन्तरविद्यालय वक्तृत्वकलाको उपाधि बूढानिलकण्ठलाई

विराटनगर । अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको बूढानिलकण्ठ स्कुलकी छात्रा सेविका दाहाल प्रथम भएकी छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले बिहीबार आयोजना गरेको ‘युवाहरूको विदेशमोह र देशको भविष्य’ शीर्षकमा आयोजित...

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं, २२ साउन-राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।  बिहान ११ बजेबाट...

आज त्रिविको ४७औं दीक्षान्त समारोह

काठमाडौं, ५ पुस । त्रिभुवन विश्वविद्यालयले सोमबार ४७औं दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान...

किम जोङ–उन कहाँ छन् अमेरिकालाई थाहा छैन : पोम्पेओ

एजेन्सी, बैशाख १८-उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो अवस्थाबारे अमेरिकालाई जानकारी नरहेको विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।  उनले किमलाई पछिल्ला केही दिनयता नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरहरु र त्यसको वास्तविकताबारे नजिकबाट...

अदालतले ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जान्छ : देउवा

काठमान्डौ २५ पुस-अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका छन् ।...

१६ जनाकै परिक्षणमा कोरोना संक्रमण नभएको पुष्टि

विराटनगर, चैत १५–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको १६ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएका सबै १६ जनामा नै कोरोनाको संक्रमण नभएको पाइएको छ । प्रतिष्ठानका सह प्रवक्ता अशोक ऐरले...

प्रदेश १ मा २३ संक्रमित थपिए

विराटनगर, १२ साउन–प्रदेश १ मा आज २३ जना कोरोना संक्रमितथपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष,...

एमसीसी मुख्यालयको बटमलाइन : सम्झौतामा संशोधन अस्वीकार्य, फागुन १६ भित्र अनुमोदन

काठमाडौं, माघ २६ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्