धान खेतमा गवारो र डडुवा रोग

 न्यूज विराट
धान खेतमा गवारो र डडुवा रोग

विराटनगर, ८ भदा–खेतमा लगाएका धानबालीमा गवारो लागेपछि किसान चिन्तित बनेका छन् । गवारोका कारण पोटा लाग्ने धानको गुवो काट्न थालेपछि किसान चिन्तित बनेका हुन् । धेरै मेहनत र लागत लगाएर किसानले लगाएको धानबालीमा गुवो काटिएको देखेपछि उनीहरुको मनमा चिसो पसेको पाइन्छ ।

यो समस्या सुनसरी, मोरङ र झापाका किसानहरुले बढि भोगिरहेका छन् । धानमा केही स्थानमा डडुवा रोगले पनि सताइरहेको किसानको गुनासो आइरहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । समयमै खेती गर्न भ्याएका किसानहरुले यस किसिमको रोग र किराबाट बाली सखाप हुने पीरमा डुबेका छन् ।

सुनसरी चाँदबेलाका किसान देबनारायण चौधरीले आफ्ना खेतमा गुवो काटिएको देखिपछि कुन विषादी प्रयोग गर्ने सल्लाह र सुभाव लिन बन्दाबन्दी तथा निषेधाज्ञाले पनि उनलाई समस्या बनाएको छ । यो समस्या एक प्रतिनिधिमूलक मात्र हो यस्ता हजारौँ किसानहरु धानको उपचार नपाएर भौतारी रहेका छन् ।

गवारो माउ पुतली र फुलको थुप्रापहरु पहिचान गरी नष्ट गर्नु पर्ने, प्रकाश÷उज्यालोको पासो थापेर माउ पुतली नष्ट गर्नु पर्ने, फेरोमोन ल्युपर नामक विषादी प्रयोग गर्नु पर्ने, ट्राकोग्राम परजीवीहरुको प्रयोग गर्नु पर्ने र धान उत्पादन क्षेत्रको जैविक विविधता तथा कृषि पर्यावरण खलबलिन नदिने गरी रासायनिक विषादी प्रयोग गर्नुपर्ने सुझाव कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाको छ ।

धानको गाँज बढिरहेको बेलामा गुवो खाइदिने समस्या भएपछि किसानहरु अहिले मर्माहत बनेका छन् । लामो सयम पछि यसवर्ष पूर्व क्षेत्रमा ९७ दशमलव ६८ प्रतिशत रोपाँई भएको कृषि विकास निर्देशनालयले जानकारी दियो ।

कार्यालय अनुसार गएको वर्षमा यस क्षेत्रमा ५६ दशमलव ७४ प्रतिशत अर्थात एक लाख ९३ हजार ३९८ हेक्टर जग्गामा मात्र धान लगाइएको थियो भने यसवर्ष तीन लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान खेती भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले बताइन् ।

सम्बन्धित समाचार

कटहरी गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउँदै, पहिलो पटक ४० युवालाई सिपमुलक तालिम दिदै

विराटनगर । कटहरी गाउँपालिकाले ४० जना बेरोजगार युवायुवतीलाई लक्षित गरेर सिपमुलक तालिम संचालन गर्ने भएको छ । सरोकारवाला निकायसंगको समन्वयमा संचालन गरिने तालिमको बिषयमा गाउँपालिकाले सुझाव समेत संकलन गरेको छ । युवाहरुलाई दिने १० महिने...

किशोरी बलात्कार आरोपी ६ महिनापछि पक्राउ

काभ्रेपलाञ्चोक, ११ वैशाख-सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएर हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने १ किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा ६ महिनादेखि फरार ३ जनालाई बुधबार पक्राउ...

प्रचण्ड पतनको बाटोमा :सांसद राई

विराटगर, फागुन २–नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिव्यक्तिप्रति कांग्रेसका प्रदेश सांसदले आपत्ती जनाएका छन् । शुक्रबार प्रदेशसभा बैठकको शून्य समयमा कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले नेकपा अध्यक्ष प्रचण्ड पतनको दिशामा...

सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् । स्कुलमा चार वटा अक्षय कोष रहेको...

कलवार महासंघको साधारणसभा विराटनगरमा सुरु

विराटनगर, १० असोज । कलवार समुदायको जातिय संस्था नेपाल कलवार कल्याण महासंघको सातौ केन्द्रीय वार्षिक साधारण सभा विराटनगरमा सुरु भएको छ । विराटनगरको रामजानकी सेवा सदनमा जारी वार्षिक साधारण सभामा देश भरिका कलवार जातिहरुको सहभागीता...

२७ वर्षीय युवा अभिषेकले विराटनगरमा खोले ‘द ग्राभेटि लाउन्ज’

विराटनगर । विराटनगर – १२ का २७ वर्षीय युवा अभिषेक धमलाले विराटनगरमा ‘द ग्राभेटि लाउन्ज’ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । उनले विराटनगर १० मा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । उक्त...

नवनियुक्त तीन मन्त्रीले पनि लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तीन सदस्य मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्य मन्त्रीमण्डल वितरण गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै मन्त्री पदको शपथ लिएका छन्...

कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वाडको शौचालयमा आज बिहान भर्खरै जन्मेको शिशु मृत फेला परेको हो । अबिवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालेको आशंका गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्