सुनसरीमा ६१ सैनिक जवानमा कोरोना पुष्टि

 न्यूज विराट
सुनसरीमा ६१ सैनिक जवानमा कोरोना पुष्टि

सुनसरी, २१ भदौ–सुनसरीमा गएको २४ घण्टामा ६१ जना सैनिकसहति ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानमा मात्र २ वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

कोरोना संक्रमित हुनेमा धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका ६१ सेनाका जवान रहेका छन् । यस्तै २ वर्षीया बालिका सैनिककै छोरी हुन् । त्यसबाहेक इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवाहरुलाई पनि कोरोना पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनीहरु सबैलाई कोरोना पुष्टि भएको हो । धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा एकैदिन यतिधेरै संक्रमण देखिएको पहिलो घटना हो । उहाँका अनुसार धरानमा मात्र कोरोना संक्रमितको संख्या २ सय ७५ गेको छ ।

यस्तै इटहरी उपमहानगरपालिकाका ७ जनामा कोरानो देखिएको छ । इटहरीमा ५ जना महिला र २ जना पुरुषमा कोरोना देखिएको हो । योसँगै सुनसरीमा थप ७८ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिइन् । योसँगै सुनसरीमा कोरोना संक्रमितको कुल संख्या ९ सय ८० पुगेको छ । जसमध्ये ४ सय १७ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट उपत्यकाका ६ सहित एकै दिन १६ जनाको मृत्यु

काठमाडौं, ५ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ महिला र १३ पुरुष गरी थप १६ संक्रमितको निधन भएको...

नेकपा (एमाले) सुनवर्षी नगर कमिटी अध्यक्षमा विष्णु कँडेल चयन, ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन

विराटनगर । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीको अध्यक्षमा युवा नेता विष्णु कँडेल चयन भएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्थानीयस्तरमा लोकप्रीय युवा नेता कँडेललाई अध्यक्षमा चयन गर्दै ७५...

वरियता नमिलेकाले मन्त्रिपरिषदबाट बाहिरिएँ:त्रिपाठी

काठमाडौं, २१ जेठ । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरियता नमिलेकाले बाहिरिएको बताएका छन् । मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरियता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् ।...

रुस्लान भोड्का ५० बर्षमा , बोतलमा नयाँ डिजाईन

विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन...

करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा कटहरीको जोड

विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् । उनीहरुले...

कालीमाटी वृत्तका २ सय ३१ प्रहरीको नमुना संकलन 

काठमाडौं, ११ जेठ-महानगरीय प्रहरी वृत्त कालीमाटीका सबै प्रहरीको आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । गत बुधबार वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि बाँकी प्रहरीको आज परीक्षण गरिएको हो । वृत्तमा कार्यरत...

कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्