झारखण्डका अर्का मन्त्री पनि कोरोना संक्रमित

 न्यूज विराट
झारखण्डका अर्का मन्त्री पनि कोरोना संक्रमित

एजेन्सी, ७ भदौ-भारतको झारखण्डका कृषिमन्त्री बादल पत्रलेख कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि उनले पनि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

झारखण्डका हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिपरिषदमा उनी कोरोना संक्रमित हुने तेस्रो मन्त्री हुन् । मुख्यमन्त्री कार्यालयको निर्देशनपछि बाँकी मन्त्री पनि होम क्वारेन्टाइनमा बसेका छन् ।

मुख्यमन्त्रीसहित केही मन्त्रीको जाँच गराउन बाँकी रहेको छ । मुख्यमन्त्रीको सोमबारमात्रै कोरोना परीक्षण गर्ने तयारी छ । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि मन्त्रिपरिषदका सबै सदस्यको कोरोना परीक्षण गराउन निर्देशन दिइएको थियो ।

एक मन्त्रीबाहेक सबै मन्त्री क्याबिनेट बैठकमा सहभागी भएका थिए । जसमा कोरोना संक्रमण देखिएका स्वास्थ्यमन्त्री बन्ना गुप्ता पनि सहभागी थिए ।

सो बैठकपछि स्वास्थ्यमन्त्रीको कोरोना परीक्षणको पोजेटिभ रिपोर्ट आएको थियो । भारतको झारखण्डमा मात्रै २९ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ३१० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

प्याब्सन मोरङको निर्वाचन : बस्नेत र सुवेदीको समूह चुनावी मैदानमा

विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन...

सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा

काठमाडौं, २८ जेठ-सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा भएको छ । मानवस्रोत तथा प्रशासन बिभागमा पुष्पराम केसी, सशस्त्र एकेडेमीमा नारायणबाबु थापा र कार्य तथा सिमा सुरक्षा बिभागमा रामशरण पौडेलको सरुवा भएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले...

उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना...

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान,  १९ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक संक्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।  प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका...

आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै

विराटनगर, १२ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि...

मधेसमा एमालेका शीर्ष नेतालाई तोकियो विशेष जिम्मेवारी

जनकपुर, बैशाख २ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन जित्ने रणनीति बनाउँदै मधेस प्रदेशमा एमालेले पार्टीको उच्च तहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । निर्वाचनमा उम्मेद्वारीको टुंगो लगाउन,विभिन्न दलहरुसँग वार्ता र समन्वय...

किड्स भिलेजमा स्वास्थ्य शिविर, २३५ विद्यार्थीले स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित किड्स भिलेज स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबार स्कुल परिसरमा विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।उक्त शिविरमा विराट नर्सिङ होमको प्राविधिक सहयोगमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्